नाममा सहमति जुटाउन प्रदेश १ सरकारले फागुन १० गतेलाई बोलायो सर्वदलीय बैठक

काठमाडौँ । प्रदेश १ सरकार प्रदेशको नाममा सहमति जुटाउने प्रयासमा छ । प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेका कारण सरकार सहमति जुटाउने काममा लागेको हो ।
फाइल फोटो

नाममा सहमति जुटाउन प्रदेश १ सरकारले यहि फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तीनै दलहरूका प्रदेश कमिटी अध्यक्ष र सरकारका सबै मन्त्रीहरूलाई बोलाईने छ ।

गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकासमन्त्री (हाल स्वास्थ्यमन्त्री) जयराम यादवलाई प्रदेश १ को नामकरणका लागि सहजीकरण गर्न जिम्मा लगाएको थियो । सोही समितिको बैठकले प्रदेशको नाम टुङ्गो लगाउने प्रक्रिया अघि बढाउन छलफल बोलाएको हो ।मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण गर्नका लागि पहल गर्दै आए पनि नाममा सहमति हुन सकेको छैन् ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago