नाममा सहमति जुटाउन प्रदेश १ सरकारले फागुन १० गतेलाई बोलायो सर्वदलीय बैठक

काठमाडौँ । प्रदेश १ सरकार प्रदेशको नाममा सहमति जुटाउने प्रयासमा छ । प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेका कारण सरकार सहमति जुटाउने काममा लागेको हो ।
फाइल फोटो

नाममा सहमति जुटाउन प्रदेश १ सरकारले यहि फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तीनै दलहरूका प्रदेश कमिटी अध्यक्ष र सरकारका सबै मन्त्रीहरूलाई बोलाईने छ ।

गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकासमन्त्री (हाल स्वास्थ्यमन्त्री) जयराम यादवलाई प्रदेश १ को नामकरणका लागि सहजीकरण गर्न जिम्मा लगाएको थियो । सोही समितिको बैठकले प्रदेशको नाम टुङ्गो लगाउने प्रक्रिया अघि बढाउन छलफल बोलाएको हो ।मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण गर्नका लागि पहल गर्दै आए पनि नाममा सहमति हुन सकेको छैन् ।

Bishawas Acharya

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago