बेलायतमा आँधीका कारण तीनजनाको मृत्यु भएको छ। शुक्रबारको आँधी केही दशकयताकै भीषण रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यमले जनाएका छन्। युनिस आँधीका कारण जनजीवन प्रभावित भएको छ।
आँधीले रुखहरु ढालेको तथा भग्नावशेषहरु उडाएको थियो। लण्डनमा करिब ३० वर्षकी एक महिला, ह्याम्पसरमा करिब २० वर्षका युवा तथा मर्सिसाइडमा ५० वर्ष पार गरेका एक पुरुषको मृत्यु भएको हो।
आँधीका कारण बेलायतमा करिब दुई लाख घरको विद्युत सेवा अवरुद्ध भएको छ। यस्तै दुई लाख ५० हजार घरमा विद्युत सेवा केही समय अवरुद्ध भएको थियो।
आँधीका कारण अझै पनि तीव्र गतिमा हावा चल्न सक्ने भएकाले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन सचेत गरिएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…