सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण

रूपन्देही: सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छानिएको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम गरिरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले नै सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो । ठेक्का सम्झौता हुन भने बाँकी छ । फागुनभित्रै सम्झौता गर्ने सरकारको तयारी छ । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ गरिरहेको कम्पनीले नै सुरुङ निर्माणको जिम्मा पाएपछि समयमै निर्माण हुनेमा शंका उत्पन्न भएको छ ।

२०७२ सालदेखि नै चर्चा हुन थालेको सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ मा ग्लोबल टेन्डर आह्वान भएको थियो । खरिद प्रक्रियामा प्राविधिक रूपमा सक्षम देखिएका चार कम्पनीमध्ये चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी छानिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए । ‘सबैभन्दा न्यून ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँ प्रस्ताव गर्ने चिनियाँ कम्पनीलाई ठेक्का दिने आशयको सूचना जारी गरिएको छ,’ उनले भने, ‘फागुनभित्रै सम्झौता गर्ने र भदौभित्र नै निर्माण सुरु गराउने प्रयासमा छौं ।’
विभागले आयोजनाको लागत साढे ८ अर्ब लाग्ने अनुमान गरेको थियो । प्राविधिक रूपमा सक्षम अन्य तीन प्रतिस्पर्धी कम्पनीमध्ये कोभेक–सीआरईजीसी जेभीले ७ अर्ब ७९ करोड ९७ लाख, चीनकै सीसीईसीसीले ९ अर्ब ८० करोड १६ लाख र सियुआन चाइना जेभी र फस्ट हाइवे इन्जिनियरिङले ११ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ अंक कबोल गरेको झाले बताए । खरिद प्रक्रियामा ६ चिनियाँ, दुई नेपाली र चिनियाँ कम्पनीको संयुक्त तथा एउटा नेपाली र भारतीय संयुक्त कम्पनी गरी नौ कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।

सम्झौतापछि सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा १ किलोमिटर १ सय २६ मिटर लम्बाइको सुरुङ निर्माण गरिनेछ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले काठमाडौं–तराई मधेस द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको कामको पनि जिम्मा पाएको छ । सुरुङमार्ग निर्माण कम्पनीले नै आफैं डिजाइन तयार गरी त्यहीअनुसार निर्माण गर्ने इन्जिनियरिङ प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण हुन थालेको हो । सुरुङमार्ग निर्माणका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ०७७ मंसिरमै १० अर्ब १५ करोड रुपैयाँको बजेट स्रोत सुनिश्चितता गर्दै मन्त्रिपरिषद्बाट निर्णय गराएका थिए ।

सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययनको काम स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसन (एसडीसी) ले गरेको थियो । अध्ययन टोलीले गत वर्ष नै सुरुङको प्रारम्भिक रेखांकन गरेर सडक विभागलाई बुझाएको थियो । भूगर्भशास्त्रीहरूका अनुसार बुटवल–तानसेन सडक खण्डमा पर्ने पहाड कमजोर माटो र ढुंगा मिसिएर बनेको छ । त्यसैले पानी परेपछि माटो बग्छ र त्यससँगै ढुंगा झर्दा मानवीय क्षति हुने गर्छ । सिद्धबाबा क्षेत्रको डेढ किलोमिटर क्षेत्र पहिरो र दुर्घटनाको अत्यधिक जोखिमयुक्त क्षेत्र हो । वर्षामा खस्ने पहिरो र ढुंगाले च्यापिएर सिद्धबाबा क्षेत्रमा पछिल्लो १० वर्षमा ७३ जनाको मृत्यु भएको छ । ०५४ सालमा बस पहिरोमा पुरिँदा एकै घटनामा ३२ जनाको मृत्यु भएको थियो ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago