बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर घटाए पश्चात हुन्डाई इलेक्ट्रिक गाडीको मूल्य घटेको छ

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर घटाए पश्चात हुन्डाईको नेपालस्थित इलेक्ट्रिक गाडीको मूल्य समेत घटेको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो वेबसाइटमार्फत नयाँ मूल्य सार्वजनिक गरेको छ ।

नयाँ मूल्य सूची अनुसार हुन्डाई कोना इलेक्ट्रिक गाडीको मूल्य एकैपटक २३ लाख रुपैयाँले घटेको छ । नेपाली बजारमा उपलब्ध दुई मोडलका कोना इलेक्ट्रिक मध्ये एउटा १०० किलोवाट र अर्को १५० किलोवाट क्षमताको छ ।

१०० किलोवाट क्षमतायुक्त कोनाको मूल्य ७६ लाख ९६ हजारबाट घटेर ५६ लाख ९६ हजार पुगेको छ । यसमा २० लाख रुपैयाँले मूल्य घटेको छ । अर्को १५० किलोवाट कोना इलेक्ट्रिकको मूल्य भने ९४ लाख ९६ हजारबाट २३ लाख रुपैयाँ घटेर ७१ लाख ९६ हजार रुपैयाँ तोकिएको हो ।

नेपाली बजारमा उपलब्ध हुन्डाईको अर्को इलेक्ट्रिक गाडी आयोनिक ईभी हो । १०० किलोवाट क्षमतायुक्त आयोनिकको मूल्य ७६ लाख ९६ हजारबाट ५७ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यसमा १९ लाख रुपैयाँ मूल्य घटेको छ ।

गत वर्षको बजेटमार्फत अन्तःशुल्क र भन्सार कर निकै बढाइएकाले अटोमोबाइल कम्पनीहरुले बाध्य भएर नयाँ मूल्य सूची सार्वजनिक गरेका थिए । हालै प्रस्तुत गरिएको बजेटमार्फत अन्तःशुल्क पुरै खारेज गरिएको छ भने भन्सार दर पनि उल्लेख्य रुपमा घटाइएको छ ।

यस अनुसार आर्थिक अध्यादेशले १०० किलोवाट क्षमतासम्मका विद्युतीय कार, जीप, भ्यानमा १० प्रतिशत, १०० किलोवाटभन्दा माथि २०० किलोवाट सम्मका साधनमा १५ प्रतिशत मात्र भन्सार दर तोकेको छ ।

 

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago