काठमाडौं । रुससँग तनाव बढिरहेको बेला पूर्वी युक्रेनमा कार बम विष्फोट भएको छ । रुस समर्थित विद्रोही समूहको पकड रहेको युक्रेनको डोनेट्स्क शहरमा शुक्रबार कार बम विष्फोट भएको हो ।
बिष्फोट भएको गाडी क्षेत्रीय सुरक्षा प्रमुख डेनिस सिनेंकोवको भएको बताइएको छ । यसैगरी पूर्वी युक्रेनमै ग्याँस पाइपलाइनको एक भागमा आगो लागेको पनि अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
यो विष्फोटबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । यसमा कसको संलग्नता छ भन्ने पनि स्पष्ट भइसकेको छैन ।
यद्यपि यही बहानामा रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आशंका गरिएको छ । कुनै देश आफैंले आफ्नो क्षेत्रमा आक्रमण गर्ने र अरु कुनै देशलाई आरोप लगाएर त्यसको बदला लिन भन्दै जवाफी हमला गर्नुलाई ‘फल्स फ्ल्याग’ अभियान भनिन्छ । कारमा विष्फोट भएको यही बहानामा रुसले ‘फल्स फ्ल्याग’ अभियानमार्फत् युक्रेनमाथि आक्रमण गर्न सक्ने अमेरिकाले आशंका गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…