काठमाडौं । रुससँग तनाव बढिरहेको बेला पूर्वी युक्रेनमा कार बम विष्फोट भएको छ । रुस समर्थित विद्रोही समूहको पकड रहेको युक्रेनको डोनेट्स्क शहरमा शुक्रबार कार बम विष्फोट भएको हो ।

बिष्फोट भएको गाडी क्षेत्रीय सुरक्षा प्रमुख डेनिस सिनेंकोवको भएको बताइएको छ । यसैगरी पूर्वी युक्रेनमै ग्याँस पाइपलाइनको एक भागमा आगो लागेको पनि अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यो विष्फोटबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । यसमा कसको संलग्नता छ भन्ने पनि स्पष्ट भइसकेको छैन ।

यद्यपि यही बहानामा रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आशंका गरिएको छ । कुनै देश आफैंले आफ्नो क्षेत्रमा आक्रमण गर्ने र अरु कुनै देशलाई आरोप लगाएर त्यसको बदला लिन भन्दै जवाफी हमला गर्नुलाई ‘फल्स फ्ल्याग’ अभियान भनिन्छ । कारमा विष्फोट भएको यही बहानामा रुसले ‘फल्स फ्ल्याग’ अभियानमार्फत् युक्रेनमाथि आक्रमण गर्न सक्ने अमेरिकाले आशंका गरेको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago