प्रजातन्त्र दिवसमा नेपाल टेलिकमको अफर एलटीई कल निःशुल्क

काठमाडौँ – नेपाल टेलिकमले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क गरेको छ। त्यस्तै एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ।

टेलिकमका सह–प्रवक्ता रञ्जित लोहियाले यो अफर प्रजातन्त्र दिवस परेको शनिबार एक दिनका लागिमात्रै उपलब्ध हुने जानकारी दिए।

‘नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा शनिबार कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ’, उनले भने।

प्रजातन्त्र दिवसकै अवसरमा शनिबार एमपोसबाट गरिने रु २०० देखि रु ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुने उनले बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago