प्रजातन्त्र दिवसमा नेपाल टेलिकमको अफर एलटीई कल निःशुल्क

काठमाडौँ – नेपाल टेलिकमले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क गरेको छ। त्यस्तै एमपोसबाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ।

टेलिकमका सह–प्रवक्ता रञ्जित लोहियाले यो अफर प्रजातन्त्र दिवस परेको शनिबार एक दिनका लागिमात्रै उपलब्ध हुने जानकारी दिए।

‘नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा शनिबार कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ’, उनले भने।

प्रजातन्त्र दिवसकै अवसरमा शनिबार एमपोसबाट गरिने रु २०० देखि रु ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुने उनले बताए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago