‘हजुर मुसुक्कै’ बोलको गीतको भिडियोमा भने ३५ लाख रुपैयाँभन्दा बढी लगानी

हुन त नेपाली म्युजिक भिडियोको लगानीलाई बालुवामा पानी भनिन्छ । एकाधबाहेक अधिकांश म्युजिक भिडियोको लगानी बालुवामा पानीसरह नै हुने गरेको छ । तर पनि महंगो लगानीमा म्युजिक भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । यसअघि १४-१५ लाख रुपैयाँसम्मको लगानीमा म्युजिक भिडियो निर्माण भएको सुनिन्थ्यो ।

गत आइतबार सार्वजनिक ‘हजुर मुसुक्कै’ बोलको गीतको भिडियोमा भने ३५ लाख रुपैयाँभन्दा बढी लगानी गरिएको छ । सम्भवतः यो एउटै म्युजिक भिडियोमा गरिएको हालसम्मकै महंगो लगानी हुनसक्छ ।

 

जीबी आग्रीको कथा तथा निर्देशनमा तयार भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री निरुता सिंहको शीर्ष भूमिका छन् । त्यस्तै प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरवीर पण्डित लगायतको भिडियोमा अभिनय हेर्न सकिन्छ । भव्य सेट बनाएर दरबारभित्रको कथामा निर्माण गरिएको भिडियोमा ३५ लाख रुपैयाँभन्दा बढी लगानी भएको निर्देशक आग्रीले अनलाइनखबरलाई जानकारी दिए ।

‘तीन दिन तीन रात लगाएर छायांकन गरेका हौं । भिडियोमा स्टारकास्ट हुनुहुन्छ । उहाँहरुलाई कुनै कुरामा कम्प्रोमाइज गरेनौं । त्यसरी काम गर्दा ३५ लाखभन्दा बढी नै लगानी भयो,’ निर्देशक आग्रीले भने ।

उनले सुरुवातमा भने त्यति लगानी हुन्छ भन्ने नसोचेको बताए । बढीमा २० लाखसम्म लगानी होला भन्ने सोचेपनि ‘कम्प्रोमाइज’ नगरी काम गर्दा लगानी बढेको बताए ।

उनी आर्थिकको कुरामा धेरै शुभचिन्तकहरुले सहयोग गरेको भएर प्रोजेक्ट सम्भव भएको समेत बताए ।

आफूहरुले लगानी उठाउने अपेक्षाले काम नगरेको उनी बताउँछन् । ‘यसमा लगानी उठ्ला र कमर्सियल बनाउँला भन्ने चाहना नै होइन,’ उनी भन्छन्, ‘नाचगानका धेरै भिडियो आए । हामीले फरकखालको राम्रो पोजेक्ट बनाऔं भन्ने सोचले काम गरेका हौं ।’ उनी अहिले श्रोता-दर्शकले दिएको प्रतिक्रियाले आफू सन्तुष्ट रहेको बताए । जीबीले आफूले चलचित्रका लागि तयार पारेको कथाको सानो भागलाई लिएर म्युजिक भिडियो निर्माण गरिएको बताए ।

नेपाल बाइसे-चौबीसे राज्य हुँदा पश्चिमको एक राज्यका राजखलकका दुई पुस्ता र बादी समुदायका नचनियाबीचको प्रेमलाई भिडियोमा देखाइएको छ । जातपात, उचनीचलाई लिएर राजामा आएको परिवर्तनको कथा भिडियोमा हेर्न सकिन्छ । सुरेश अधिकारीको शब्द तथा संगीत र श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यस गीतमा रचना रिमाल र कृष्ण विकले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी, सञ्जय लामाको छायांकन रहेको भिडियोलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियो ट्रेन्डिङको शीर्ष दुई स्थानमा छ । शुक्रबार दिउँसोसम्म भिडियोलाई १३ लाख ६० हजार बढीले हेरिसकेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago