सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, उपसमूहको परिसूचक पनि घट्यो?

यस साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेको छ। गत साता २८०१.५६ विन्दुमा बन्द भएको नेप्से, यस साता ६९.०५ अंक अर्थात २.४६ प्रतिशत घटेर २७३२.५१ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६४ प्रतिशत, फ्लोट इण्डेक्स २.७७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३८ प्रतिशत घटेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ८८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता ३ अर्ब ६३ करोडको मात्र कारोबार भएको छ। त्यसैगरी, यस साता औषत कुल शेयर संख्या २२.८९ प्रतिशत घटेको छ भने औषत कारोबार संख्या १८.२१ प्रतिशत घटेको छ।

यस साता कारोबार रकम पनि २ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३९ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता ८९ अर्ब रुपैयाँ घटेर ३८ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचकबाट अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको ०.७८ प्रतिशत बढेको छ। गत साता २३१३.२१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता १८.०३ अंक बढेर २३३१.२४ विन्दुमा पुगेको छ।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५.८१ प्रतिशत घटेको छ। गत साता ७२८१.३४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता ४२३.१५ अंक घटेर ६८५८.१९ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४९४.९१ अंक घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता लक्ष्मी इक्विटी फण्ड, रिलायन्स लाइफ इन्स्योरेन्स, आशा लघुवित्त लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यसैगरी, समता घरेलु लघुवित्त, मिर्मिरे लघुवित्त, ओरियन्टल होटल लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago