सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, उपसमूहको परिसूचक पनि घट्यो?

यस साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेको छ। गत साता २८०१.५६ विन्दुमा बन्द भएको नेप्से, यस साता ६९.०५ अंक अर्थात २.४६ प्रतिशत घटेर २७३२.५१ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६४ प्रतिशत, फ्लोट इण्डेक्स २.७७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३८ प्रतिशत घटेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ८८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता ३ अर्ब ६३ करोडको मात्र कारोबार भएको छ। त्यसैगरी, यस साता औषत कुल शेयर संख्या २२.८९ प्रतिशत घटेको छ भने औषत कारोबार संख्या १८.२१ प्रतिशत घटेको छ।

यस साता कारोबार रकम पनि २ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३९ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता ८९ अर्ब रुपैयाँ घटेर ३८ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचकबाट अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको ०.७८ प्रतिशत बढेको छ। गत साता २३१३.२१ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता १८.०३ अंक बढेर २३३१.२४ विन्दुमा पुगेको छ।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५.८१ प्रतिशत घटेको छ। गत साता ७२८१.३४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साता ४२३.१५ अंक घटेर ६८५८.१९ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४९४.९१ अंक घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता लक्ष्मी इक्विटी फण्ड, रिलायन्स लाइफ इन्स्योरेन्स, आशा लघुवित्त लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यसैगरी, समता घरेलु लघुवित्त, मिर्मिरे लघुवित्त, ओरियन्टल होटल लगायतका कम्पनीहरु मोस्ट पपुलर सेल स्टकको सूचीमा परेका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago