अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न

दामोदर के. सी., काठमाडौ : प्राथमिक तहका विद्यार्थीहरुको सहभागिता जनाउँदै पौष २ गते सनिवारको दिन अन्तर विद्यालय नृत्य प्रतियोगिता १३ विद्यालयको सहभागितामा पिक प्वाइट पब्लिक स्कुल कपनको प्राङ्गणमा भव्यताको साथ सु-सम्पन्न भएको छ।

यस प्रतियोगितामा प्राथमिक तहका साना विद्यार्थीहरुलाई प्रतिस्पर्धामा प्रोत्साहन गरि SAAT अन्तर्गतका विद्यालयका विद्यार्थीहरुको सहभागिता मुलक नृत्य कार्यक्रम भएको छ। यस कार्यक्रममा प्रमुख अतिथि डा. डि. आर. उपाध्याय र सभापति इश्वर के.सी. रहनु भएको थियो ।

यस कार्यक्रमको समग्र पक्षलाई हेर्दा धेरैनै प्रतिस्पधात्मक तथा पेचिलो भएराखेको थियो र कार्यक्रममा प्रथम स्थान प्राप्त गर्न सफल पिक पोइन्ट एकेडेमी विद्यालय साथमा दोस्रो र तेस्रो स्थान क्रमश साम्तेन स्कूल, सृष्टि स्कूल भए चौथो स्थानमा ब्रेनल्याण्ड एकेडेमीले हासिल गर्न सफल भएको थियो।

प्रतिस्पर्धामा सहभागी विद्यालयहरु क्रमश: पिक पोइन्ट एकेडेमी, पिक पोइन्ट पब्लिक स्कुल, ब्रेनल्याण्ड एकेडेमी, साम्तेन मेमोरियल एजुकेसन एकेडेमी, गोल्डेन गार्डेन इन्टरनेसनल एकेडेमी, युनिभर्सल हाइएर सेकन्डरी स्कूल, विनायक सेकेन्डरी स्कूल, साइपल एकेडेमी, NOB स्कूल, सृष्टि स्कूल, सेन्ट जोन्स स्कूल, सेन्ट जर्ज स्कूल, बुक्रलिन स्कुल को साथै अमरदिप सेकेन्डरी स्कूल रहेका थिए।


कार्यक्रमको समिक्षामा SAAT का अध्यक्ष विनय श्रेष्ठ ले आगामी दिनमा नयाँ तथा विभिन्न सहभागितामुलक कार्यक्रम ल्याउने र सबै विद्यालयलाई सहभागी बनाउँदै लैजाने कुरामा जोड दिएका थिए।


Kamal Panthi

Share
Published by
Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago