पाल्पा। बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईलाई ‘जो भोलि देश हाँक्ने हैसियत राख्छन्’ शीर्षकमा उनको ठूलो फोटोसहित नयाँ पत्रिका राष्ट्रिय दैनिकले ब्यानर न्युज बनाएको एउटा फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
तर हाम्रो तथ्य जाँचले सो सामग्री भ्रामक भएको देखिएको छ।
मोहम्मद इस्तियाक राईको समर्थनमा खोलिएको ‘विकास पुरुष इश्तियाक राईलाई फेरि जिताऔं नेपालगंजलाई समृद्ध बनाऔं’ नामको एउटा फेसबुक पेजमा बिहीबार (१७ नोभेम्बर २०२२) मा एउटा पोस्ट राखिएको छ।
हामीले शुक्रबार बिहान यो स्क्रिनसट लिँदासम्म त्यसमा ४ सयभन्दा बढी रियाक्सन छन् भने २ सयभन्दा बढी सेयर र ७८ कमेन्ट देखिन्छन्।
यही स्क्रिनसट अरु विभिन्न पोस्ट र कमेन्टहरुमा पनि देखिएको छ। जस्तै
हामीले यो विषयमा थप जानकारीका लागि हामीले भाइरल भएको स्क्रिनसटमा राखिएको नयाँ पत्रिका दैनिकको मिति हेर्यौँ। त्यसमा १ मंसिर २०७९ मिति लेखिएको छ।
हामीले नयाँ पत्रिका दैनिकको आधिकारिक वेबसाइटमा सोही मितिको इपेपर खोज्यौँ।
उक्त दिनको पत्रिकाको पहिलो पृष्ठ यस्तो देखिन्छ-
नयाँ पत्रिकाले सो दिनको प्रमुख समाचारमा भोलि देश हाँक्ने हैसियत भएको भन्दै १५ जना नेताको सानो फोटोसहितको परिचय राखेको छ। हेर्नुस् अनलाइन संस्करणको अर्काइभ। सो सूचीमा मो. इस्तियाक राईको नाम पनि समावेश छ।
तर भाइरल भएको फोटोमा जस्तो उनको ठूलो फोटो प्राथमिकताका साथ राखिएको छैन।
दावी : नयाँ पत्रिका राष्ट्रिय दैनिकले मो. इस्तियाक राईको ठूलो फोटोसहित’ जो भोलि देश हाँक्ने हैसियत राख्छन्’ शीर्षकमा प्रमुख समाचार छाप्यो।
दावीकर्ता : फेसबुक पेज र प्रयोगकर्ताहरु।
तथ्य : भ्रामक। नयाँ पत्रिकाले १ मंसिर २०७९ मा सो शीर्षकमा समाचार राखेको र त्यसमा १५ जना नेताको सूचीमा राईको पनि नाम र सानो फोटो राखेको सही हो। तर पत्रिकाको डिजाइन परिवर्तन गरी राईको ठूलो फोटो राखी उनलाई प्राथमिकता दिएको झैँ भान हुने गरी भाइरल गरिएको सामग्री भ्रामक छ।
नितिपात्रोवाट साभार गरिएको ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…