देश हाँक्ने हैसियत राख्ने नेता भन्दै ‘नयाँ पत्रिका’को भ्रामक फोटो भाइरल

पाल्पा। बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईलाई ‘जो भोलि देश हाँक्ने हैसियत राख्छन्’ शीर्षकमा उनको ठूलो फोटोसहित नयाँ पत्रिका राष्ट्रिय दैनिकले ब्यानर न्युज बनाएको एउटा फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

तर हाम्रो तथ्य जाँचले सो सामग्री भ्रामक भएको देखिएको छ।

कसरी भयो भाइरल?

मोहम्मद इस्तियाक राईको समर्थनमा खोलिएको ‘विकास पुरुष इश्तियाक राईलाई फेरि जिताऔं नेपालगंजलाई समृद्ध बनाऔं’ नामको एउटा फेसबुक पेजमा बिहीबार (१७ नोभेम्बर २०२२) मा एउटा पोस्ट राखिएको छ।

 

हामीले शुक्रबार बिहान यो स्क्रिनसट लिँदासम्म त्यसमा ४ सयभन्दा बढी रियाक्सन छन् भने २ सयभन्दा बढी सेयर र ७८ कमेन्ट देखिन्छन्।

यही स्क्रिनसट अरु विभिन्न पोस्ट र कमेन्टहरुमा पनि देखिएको छ। जस्तै

के हो तथ्य ?

हामीले यो विषयमा थप जानकारीका लागि हामीले भाइरल भएको स्क्रिनसटमा राखिएको नयाँ पत्रिका दैनिकको मिति हेर्‍यौँ। त्यसमा १ मंसिर २०७९ मिति लेखिएको छ।

हामीले नयाँ पत्रिका दैनिकको आधिकारिक वेबसाइटमा सोही मितिको इपेपर खोज्यौँ।

हेर्नुस् अर्काइभ लिङ्क।

उक्त दिनको पत्रिकाको पहिलो पृष्ठ यस्तो देखिन्छ-

नयाँ पत्रिकाले सो दिनको प्रमुख समाचारमा भोलि देश हाँक्ने हैसियत भएको भन्दै १५ जना नेताको सानो फोटोसहितको परिचय राखेको छ। हेर्नुस् अनलाइन संस्करणको अर्काइभ। सो सूचीमा मो. इस्तियाक राईको नाम पनि समावेश छ।

तर भाइरल भएको फोटोमा जस्तो उनको ठूलो फोटो प्राथमिकताका साथ राखिएको छैन।

तथ्य जाँच

दावी : नयाँ पत्रिका राष्ट्रिय दैनिकले मो. इस्तियाक राईको ठूलो फोटोसहित’ जो भोलि देश हाँक्ने हैसियत राख्छन्’ शीर्षकमा प्रमुख समाचार छाप्यो।

दावीकर्ता : फेसबुक पेज र प्रयोगकर्ताहरु।

तथ्य : भ्रामक। नयाँ पत्रिकाले १ मंसिर २०७९ मा सो शीर्षकमा समाचार राखेको र त्यसमा १५ जना नेताको सूचीमा राईको पनि नाम र सानो फोटो राखेको सही हो। तर पत्रिकाको डिजाइन परिवर्तन गरी राईको ठूलो फोटो राखी उनलाई प्राथमिकता दिएको झैँ भान हुने गरी भाइरल गरिएको सामग्री भ्रामक छ।

नितिपात्रोवाट साभार गरिएको ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago