निर्वाचनका दिन कस्ता सवारीसाधन सञ्चालन गर्न पाइन्छ ? कस्ता पाइदैन ?

पाल्पा : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन यातायात सञ्चालनका लागि निर्वाचन आयोगले मापदण्ड बनाएको छ। मतदानका दिन सीमित सवारीसाधनलाई सवारी अनुमति पत्र (पास) लिनु नपर्ने व्यवस्था गरेको आयोगले जनाएको छ। आयोगको आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार उम्मेदवार तथा उम्मेदवारका निर्वाचन प्रतिनिधिले मतदानका दिन सवारीसाधन प्रयोग गर्नका लागि तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ।

विभिन्न निकाय तथा संस्थाले मतदानका दिन सवारीसाधन प्रयोग गर्न सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटरप्याडमा सवारीसाधन नम्बर, सवारीसाधनको किसिम र सवारीसाधन प्रयोगकर्ताको नामसमेत उल्लेख गरी अनुमति जारी गर्ने अधिकारीसमक्ष निवेदन दिनुपर्ने छ ।

यस्तैअपांगता भइ आफैं हिँडडुल गर्न नसक्ने व्यक्तिका लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न सहज गरिएको छ। त्यसका लागि पूर्ण अशक्त वा अति अशक्त अपांगता परिचयपत्रका आधारमा सवारीसाधनको प्रयोग गर्न सकिनेछ। अशक्तताका कारणले आफैं हिँडडुल गर्न नसक्ने व्यक्तिका हकमा सम्बन्धित वडा कार्यालयको सिफारिसमा निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अनुमतिपत्र जारी गर्न सक्ने उल्लेख छ ।

मतदानका दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानबाट यात्रा गर्नेले सजिलै उड्न पाउने छन्। त्यसका लागि यात्रुको पासपोर्ट, भिसा, हवाई टिकटका आधारमा बासस्थानदेखि विमानस्थलसम्म र विमानस्थलदेखि यात्रुको बासस्थानसम्मको आवागमनका लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले सहजीकरण गर्नुपर्नेछ।

कस्ता सवारीलाई पास चाहिँदैन ?
–    एम्बुलेन्स, शव वाहन, दमकल
–    खानेपानीको ट्यांकर, दूध बोक्ने गाडी, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन
–    नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन
–    दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन
–    अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधन
–    निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारीसाधन
–    तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारीसाधन
–    कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने नीलो नम्बर प्लेट भएका सवारीसाधन
–    विदेशी पर्यटक बोक्ने हरियो नम्बर प्लेट भएका सवारीसाधन
–    सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायका सवारीसाधन
– मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधन।

मापदण्डविपरीत सवारीसाधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन कब्जामा लिइ आवश्यक कानुनी कारबाही गरिने र मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago