कोरोना महामारीपछि नेपालबाहिर दुबइमा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौँ – कोरोना महामारीको लामो छायाँकालपछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबई जानेभएको छ। आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्ड उक्त सहरमा तेश्रो पटक प्रस्तुत हुँदैछ। चाडबाडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपालीलाई दशैं, तिहार र छठको समेत संगीतमय कोशेली बोकेर ब्याण्ड त्यसतर्फ जान लागेको नेपथ्यले जनाएको छ।

विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबइ सहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुकमध्येको युनाइटेड अरब इमिरेट्सको व्यापारिक केन्द्र पनि हो। यस सहरमा आयोजित अघिल्ला कन्सर्टहरुको बेला अन्य इमिरेट्सहरु विशेषगरी अबुधाबी, सारजहाँ र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएका थिए। अघिल्लो पटक झैं यसपाली पनि दुबइस्थित ‘अल नासेर लिजरल्याण्ड’मै ब्याण्ड प्रस्तुत हुँदैछ।

‘आइस स्केटिङलगायत सांगीतिक कार्यक्रम स्थलको रुपमा चिनिने उही स्थलमा प्रस्तुत हुने गरी यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबइ जाँदैछौँ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेका छन्। ’कोरोना महामारीपछि जुर्मुराउँदै गरेको यो सहरमा हालै सम्पन्न छ महिना लामो ‘दुबइ एक्स्पो’ का कारण विश्वभरका १ सय ९२ मुलुकबाट दुई करोड चालिस लाख सहभागीले भ्रमण गरेका थिए।

नेपथ्यले २०१५ को महाभूकम्पलगत्तै आफूलाई यस सहरमा प्रस्तुत गरेको थियो। पूर्व निर्धारित कार्यक्रम भएकैले शोकका बेला पनि उपस्थिति जनाउन पुगेको नेपथ्यले त्यतिबेला दुबइ कन्सर्टबाट प्राप्त रकममध्ये प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोगार्थ जम्मा गरेको थियो।

‘त्योबेला शोककै क्षण आयोजित भएता पनि झण्डै दुइ हजार दर्शक उपस्थित भएका थिए,’ गायक अमृत सम्झन्छन्, ‘त्यो कन्सर्टकै भिडियो रेकर्डमा आधारित रहेर हामीले ‘कोशीको पानी यो जिन्दगानी’को म्यूजिक भिडियो पनि तयार पारेका थियौँ। ’त्यसको चार वर्षपछि सन् २०१९को मार्च महिनामा दोश्रो पटक नेपथ्य दुबइ पुगेको थियो।

‘नेपथ्य उसका श्रोता दर्शकहरुको मायाकै जगमा अडिएको छ,’ अमृत भन्छन्, ‘अघिल्ला दुवैपटक जाँदा पाइएको आत्मियताले नै होला, कोरोना महामारीपछिको पहिलो विदेश यात्राका रुपमा दुबइ उपस्थित हुने जोग मिल्न गयो।

’नेपथ्यलाई यसपटक दुबइ सहरमा ‘अमृत इभेन्ट्स’ले प्रस्तुत गर्नलागेको हो। कार्यक्रममा सँधैजस्तै अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीलेसाथ दिनेछन्।आगामी नोभेम्बर ६ तारिखमा हुने कार्यक्रमका लागि नेपथ्यको टोली नोभेम्बर ३ तारिख त्यसतर्फ प्रस्थान गर्ने तयारीमा जुटेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago