अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता ब्रेन्ड ल्याण्ड एकेडेमि को आयोजनामा सु-सम्पन्न

सुरेन्द्र चौहान,काठमाडौं: निजी बिद्यालयको सङ्गठन स्कुलस फर एकेडेमिक टान्सफरमेसन (स्याट) का सदस्य बिद्यालय स्तरिय अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता ब्रेन्ड ल्याण्ड एकेडेमि को आयोजनामा सु-सम्पन्न भएको छ ।

विद्यालयमा मात्र सिमित विद्यालय भित्रका बिभिन्न गतिविधी लाई विद्यालयहरु बिच बिभिन्न प्रतियोगिता मार्फत विद्यार्थिहरु लाई सारिरिक एवं मानसिक रूपमा सबल बनाउने उदेस्यले आयोजना गरिएको कार्यक्रम हो। स्याटले विद्याथीहरुको क्षमताको पहिचान गर्दै विभिन्न विधामा अभिमुखीकरण कार्यक्रमदेखि प्रतियोगिताको आयोजना गर्दै आएको छ । विशेष गरी फुटसल, डान्स, बास्केटबल, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, विद्यार्थी करिअर काउन्सिल लगायतको विधामा कार्यक्रमको आयोजना गर्दै आएको छ ।

विद्यालय स्तरिय यसकार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको प्रतक्ष्य सहभागितामा गरिएको यस कार्यक्रममा छात्र र छात्रा बिच छुटाछुटै रुपमा गरिएको कडा प्रतिस्पर्धा भएर सम्पन्न भयो। यस कार्यक्रममा महिला तर्फ पिक पोइन्टएकेडेमीकि छात्रा अनुसा शेर्पा प्रथम , सोहि विद्यालयकी मनिशा कटुवाल द्वितिय स्थान को साथै तृतीय र चौथो स्थानमा क्रमश निमा साङमु शेर्पा सामतेन स्कुल र
समिक्क्षा बिस्ट पिक पोइन्ट पब्लिक स्कुल का छात्राहरु भएका छन्।

यस कार्यक्रममा छात्र तर्फभने प्रथम र द्धितिय स्थानमा क्रमश आशिष सुनुवार पिक पोइन्ट एकेडेमि र निभेश गौतम युनिर्भसल स्कूल भए भने तृतीय र चौथो स्थानमा पनि कमश शुलभ कार्की ब्रेन ल्याण्ड एकेडेमि र सलेश गौतम युनिर्भसल स्कूल भएका छन ।कार्यक्रमको प्रायोजन भने मनास्लु वल्ड कलेज (Manaslu world College) ले गरेको छ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago