टोकियो- जापानको टोकियोमा यहि जुलाई ३० र ३१ तारिख आयोजना हुने, १२ औँ नेपाल फेस्टिवल २०२२ को तयारी तथा आकर्षण लगायतका सम्पूर्ण जानकारीहरु सार्वजनिक गर्ने उदेश्य सहित आउँदो २२ तारिख बृहत पत्रकार सम्मेलन आयोजना गरिने भएको छ ।
नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरु एवं नेपालको परिचय जापानिज नागरिकहरुलाई परिचय गराउनुको साथै हाम्रो कला-सांस्कृतिक आदन-प्रदान गर्ने उदेश्यले आयोजित मेला यहि जुलाई ३० र ३१ तारिक एनआरएनए जापानको आयोजनामा नाकानो सिकिनो मोरि पार्कमा हुने तय भएको छ ।
फेस्टिवलका प्रचार/प्रसार संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार,अनौपचारिकरुपमा व्यापक प्रचार प्रसार भईरहेको फेस्टिवलको २२ तारिख पत्रकार सम्मेलन आयोजना गरि औपचारिकरुपमा जानकारी गराउन लागिए हो ।
आयोजका अनुसार नेपाल फेस्टिवल २०२२ को तयारी अन्तिम चरणमा पुगिसकेको छ । जापानमा नेपालीहरुको गौरवकोरुपमा चिनिँदै आएको नेपाल फेस्टिवलको यो १२ औँ संस्करणको हालसम्मको तयारी,फेस्टिवलमा २ दिनसम्म प्रस्तुत हुने कार्यक्रमहरु, त्यहाँ रहने विभिन्न स्टलहरु, सुरक्षाका उपायहरु लगायतका विषयमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराउन लागिए हो ।
पत्रकार सम्मेलन आउँदो २२ तारिख शुक्रबार बेलुकी ७ः०० बजेबाट अनलाईन(भर्चुअल) माध्यमबाट आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलनमा सहभागीताका लागि सम्पूर्ण संचारकर्मीहरुमा जुम आईडी प्रचार/प्रसार ग्रुप मार्फत उपलब्ध गराईने छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…