टोकियोमा १२ औँ नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, २२ तारिख पत्रकार सम्मेलन गरिने

टोकियो- जापानको टोकियोमा यहि जुलाई ३० र ३१ तारिख आयोजना हुने, १२ औँ नेपाल फेस्टिवल २०२२ को तयारी तथा आकर्षण लगायतका सम्पूर्ण जानकारीहरु सार्वजनिक गर्ने उदेश्य सहित आउँदो २२ तारिख बृहत पत्रकार सम्मेलन आयोजना गरिने भएको छ ।

नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरु एवं नेपालको परिचय जापानिज नागरिकहरुलाई परिचय गराउनुको साथै हाम्रो कला-सांस्कृतिक आदन-प्रदान गर्ने उदेश्यले आयोजित मेला यहि जुलाई ३० र ३१ तारिक एनआरएनए जापानको आयोजनामा नाकानो सिकिनो मोरि पार्कमा हुने तय भएको छ ।

फेस्टिवलका प्रचार/प्रसार संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार,अनौपचारिकरुपमा व्यापक प्रचार प्रसार भईरहेको फेस्टिवलको २२ तारिख पत्रकार सम्मेलन आयोजना गरि औपचारिकरुपमा जानकारी गराउन लागिए हो ।

आयोजका अनुसार नेपाल फेस्टिवल २०२२ को तयारी अन्तिम चरणमा पुगिसकेको छ । जापानमा नेपालीहरुको गौरवकोरुपमा चिनिँदै आएको नेपाल फेस्टिवलको यो १२ औँ संस्करणको हालसम्मको तयारी,फेस्टिवलमा २ दिनसम्म प्रस्तुत हुने कार्यक्रमहरु, त्यहाँ रहने विभिन्न स्टलहरु, सुरक्षाका उपायहरु लगायतका विषयमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराउन लागिए हो ।

पत्रकार सम्मेलन आउँदो २२ तारिख शुक्रबार बेलुकी ७ः०० बजेबाट अनलाईन(भर्चुअल) माध्यमबाट आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलनमा सहभागीताका लागि सम्पूर्ण संचारकर्मीहरुमा जुम आईडी प्रचार/प्रसार ग्रुप मार्फत उपलब्ध गराईने छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago