भारतको संसद्मा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु

दिल्ली: भारतको संसद्मा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा राष्ट्रपति पदका लागि मनोनयन गरेको छ । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति हुनेछिन् । वर्तमान राष्ट्रपति रामनाथ कोविन्द दलित समुदायबाट राष्ट्रपति भएका हुन् ।

६४ वर्षीया मुर्मु राजनीतिमा प्रवेश गर्नुअघि पूर्वी राज्यको उडिशास्थित एक विद्यालयमा शिक्षक थिइन् । उनले राज्य सरकारमा मन्त्री पदहरू सम्हालिसकेकी छिन् र छिमेकी राज्य झारखण्डको गभर्नर भइन् । मुर्मुले `आफ्नो जीवन समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तिकरण गर्न समर्पित गर्नुभएको छ,` भारतीय प्रधानमन्त्री मोदीले उनको उम्मेदवारी घोषणा गरेपछि ट्वीट गरेका थिए ।

राष्ट्रपति पदका लागि मुर्मुका मुख्य प्रतिद्वन्द्वी अनुभवी राजनीतिज्ञ यशवंत सिन्हा पूर्व भाजपा सदस्य र पूर्व वित्त तथा विदेश मन्त्री हुन् । उनलाई कांग्रेसलगायत विपक्षी दलहरूले समर्थन गरेका छन् । उनी वर्तमान मोदी सरकारको आलोचक पनि हुन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago