अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न तहका प्रश्नपत्र निर्माणका क्रममा देखिएका विकृति र लापरवाही रोक्न माग

काठमाडौं: नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न तहका प्रश्नपत्र निर्माणका क्रममा देखिएका विकृति र लापरवाही रोक्न माग गरेको छ । अध्यक्ष सुनिता बरालसहितको टोलीले सोमबार त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई १० बुँदे मागपत्र बुझाउँदै परीक्षा प्रणाली सुधार गर्न माग गरेको हो ।

हालैमात्र त्रिविको विभिन्न तहको परीक्षामा गत वर्षकै प्रश्न दोहोरिएको, निजी कलेजको आन्तरिक परीक्षाको प्रश्नपत्र हुबहु मिलेको जस्ता समस्या देखिएका थिए । अनेरास्ववियुले अनुशासन भङ्ग गर्ने परीक्षाकेन्द्र, मिलेमतो गर्ने शिक्षक, कर्मचारीहरूको अध्ययन गरी प्रतिवेदन तयार गरी सार्वजनिक गर्न माग गरेको छ ।

त्यस्तै त्रिविले निर्धारण गरेका परीक्षा केन्द्रहरू सम्भव भएसम्म विद्यार्थीलाई पायक पर्ने र एउटै सवारी साधनको प्रयोगबाट पुग्न सकिने स्थानमा निर्धारण गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

प्रत्येक जिल्लाभित्रको परीक्षा केन्द्र सम्बन्धित जिल्लामै तोक्न, परीक्षा नियन्त्रण कार्यालयको सेवा विद्यार्थीहरूलाई सजिलो हुनेगरी विस्तृत रूपमा उल्लेख गरी एक हप्ताभित्र नागरिक बडापत्र राख्न पनि माग गरेको अनेरास्ववियुका केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।

परीक्षा सञ्चालन भएको १२० दिन पूरा भइसकेका सबै तहका परीक्षाको परीक्षाफल ४५ दिन भित्रमा प्रकाशित गर्न र सबै तहका सबै परीक्षाको परीक्षाफल बढीमा तीन महिनाभित्रमा प्रकाशित गर्न पनि माग गरिएको छ ।

आवश्यक कागजात र प्रक्रिया पूरा गरेका विद्यार्थीको प्रमाणपत्र २४ घण्टाभित्र दिन र विविध कारणवश निर्धारित शैक्षिक वर्षभित्र तह पूरा गर्न नपाएका विद्यार्थीहरूलाई समय समयमा मौका परीक्षाको व्यवस्था गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दै आएको प्राइभेट परीक्षा कार्यक्रम हाल विना विकल्प बन्द गरिएको भन्दै अनेरास्ववियुले यसबाट हजारौं विद्यार्थीहरू काम गर्दै स्वअध्ययन गर्ने अधिकारबाट बञ्चित भएको बताएको छ । निश्चित आधार तयार गरी तुरुन्त खुला गर्न पनि माग गरेको अनेरास्ववियुका केन्द्रीय कमिटीका सचिवालय सदस्य विष्टले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago