काठमाडौँ: नेपाल राष्ट्र बैंकले जाली वा नक्कली नोट ढुकुटीमा राखेर झुत्रा नोट मात्र धुल्याउने (ब्रिकेट बनाउने) भएको छ । राष्ट्र बैंकले नोट धुल्याउने नियमावली २०७८ परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो । बैंकको काम कारबाहीमा सहयोगी हुने तथा सुरक्षण विशेषताहरु परिमार्जन गर्ने सन्दर्भमा नक्कली नोटको अनुसन्धान उपयोगी हुन सक्ने भएकाले जफत गरिएका त्यस्ता नोट अभिलेख गर्न बैंकको ढुकुटीमा सुरक्षित राख्नुपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।
यस्तै, बैंकले जाली वा नक्कली भनी जफत गरेको नोट अदालती कारबाही चलेको हकमा अन्तिम किनारा लागेको दुई वर्ष र कारबाही नचलेको हकमा बैंकले प्राप्त गरेको तीन वर्षसम्म सुरक्षित राख्नु पर्ने व्यवस्था पनि नियमावलीमा छ । नोट गन्ती गर्ने, रुजू गर्ने तथा नोट धुल्याउने मेसिन वा फर्नेश रहेको स्थानको पर्याप्त कभरेज हुने गरी कम्तिमा ९० दिनको दृष्यको अभिलेख सुरक्षित राख्ने सीसीटीभी क्यामेराको अनिवार्य व्यवस्था गर्नुपर्ने प्रावधान पनि नियमावलीमा छ । पुराना‚ च्यातिएका‚ रंग दलिएका र कोरिएका नोटबाट भने ब्रिकेट (गुइँठा) बनाइने गरेको छ । नयाँ प्रविधि भित्रिएसँगै यसअघि जलाइँदै आएका पुराना नोटलाई मेसिनबाट टुक्र्याएर ब्रिकेट बनाउन थालिएको हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…