स्थानीयले पेट्रोलजस्तो गन्ध आउने ड्यु भेटिएको दाबी

खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका स्थानीयले पेट्रोलजस्तो गन्ध आउने ड्यु भेटिएको दाबी गरेका छन् । साउने संक्रान्तीका दिन मासुसँग पिउनका लागि दिक्तेलबजारमा खरिद गरेको ड्युमा पेट्रोलको गन्ध आएको दाबी गरेका हुन् । स्थानीय सुर्यबहादुर कार्की र सरस्वती कार्कीले शनिबार दिक्तेल बजारको एउटै पसलबाट सवा दुई लिटरको तीन बोत्तल जम्बो ड्यु खरिद गरेका थिए । छिमेकी सावित्रा कट्वाललाई लगिदिएको एक बोत्तल ड्युमा भने कुनै समस्या नदेखिएको सुर्यबहादुरले बताए ।

बरुण बेभरेज नेपाल प्रालि, काठमाडौँले उत्पादन गरेको माउण्टेन ड्युको बोत्तलमा १८ मे २०२२ मा उत्पादन मिति उल्लेख छ । दुबै बोत्तलको पिँध अन्य बोत्तलको भन्दा फरक देखिन्छ । बोत्तलको पिँधमा फुल्न लागेजस्तो, कुच्चिए जस्तो र चर्किएजस्तो देखिन्छ । ड्युमा पेट्रोलको गन्ध आएको विषयमा स्थानीय केदार बस्नेतले आइतबार बिहान सामाजिक सञ्जालमा भिडियो शेयर गरेका थिए । त्यसपछि ड्युका डिलर सञ्चालन ग्राहक भेट्न पुगेका थिए ।

स्थानीय र डिलर सञ्चालकबीचमा चर्काचर्की भएको थियो । ड्युमा मिसावट गरेर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीय दावी गर्छन् भने ड्युको डिलर प्रतिनिधि ‘ब्लेम’ लगाएको दावी गरिरहेका छन् । माउण्टेन ड्युका दिक्तेल डिलरका सेल्समेन दिपक खतिवडाले भने कम्पनीबाट नभै ग्राहकबाटै त्रुटी भएको दावी गरेका छन् ।

पेट्रोलको गन्ध आउने ड्यु भेटिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजार अनुगमन टोली स्थलगत अध्ययनमा पुगेको थियो । ड्युमा अखाद्यवस्तु मिसावट भएको आशंकामा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाही नेतृत्वको बजार अनुगमन जिल्ला समन्वय समिति र नगरपालिका अन्तरगतको स्थानीय बजार अनुगमन समितिले सो दुई बोत्तल ड्यु जफत गरेको छ । प्रहरीसहित पुगेको टोलीले ड्यु खरिद गरिएको पसल तथा ड्युको दिक्तेलस्थित डिलरमा पुगेर निरिक्षण गर्दै ल्याव टेष्टका लागि नमूना संकलन गरेको छ ।

ड्युमा अखाद्यवस्तुको गन्ध आएको विषयमा अनुसन्धान तथा छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रशासनलाई निवेदन दिएका छन् । पेट्रोलको गन्ध आउने ड्यु भेटिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले पनि चासो दिएका छन् । गत २८ असारमा दिक्तेलकै एक पसलमा पेट्रोलको गन्ध आउने ड्यु पिएको खाल्लेकै रामबहादुर बुढाथोकी बताउँछन् । श्वास नै पेट्रोलको गन्ध आएपछि लसुन खाएर हिँडेको बुढाथोकीले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago