मोरङ – विराटनगर महानगरपालिका–७ मा मधुबाबु तिवारीले काका दामोदर तिवारीलाई पराजित गरेका छन्।

स्थानीय तह निर्वाचनमा मधुबाबु नेपाली कांग्रेस र दामोदर नेकपा एमालेको उम्मेदवारीसहित प्रतिस्पर्धामा थिए।

सोही क्रममा बुधबार बेलुका आदर्श माविस्थित निर्वाचन अधिकृतको कार्यालयले वडाको अन्तिम मतगणना जारी गर्दै कांग्रेसका ४८ वर्षीय उम्मेदवार मधुबाबु तिवारीलाई विजयी भएको घोषणा गरेको हो।

०७४ सालको निर्वाचनमा समेत सोही वडामा जितेर सुखद कार्यकाल बिताएका तिवारीले यसपटक १ हजार ३ सय १२ मत पाएका छन्। उनले एमालेका प्रतिस्पर्धी ६६ वर्षीय दामोदर तिवारीलाई ८ सय ४६ को फराकिलो मतान्तरले पराजित गरेका छन्।

एमालेका उम्मेदवार तिवारीले ४ सय ६६ मत पाएका थिए। चुनावी मैदानमा रहेको दुवै जना नातामा काका भतिजा हुन्। यससँगै महानगरको दुई वटा वडामा कांग्रेसले जित निकालेको छ। वडा नम्बर १६ मा उद्धव भुजेलले जितेका छन्।

त्यसैगरी, नेकपा एमालेले वडा नम्बर १, २ र १९ मा जित निकाल्दा, जसपाले वडा नम्बर १७, राप्रपाले १३ र स्वतन्त्रले वडा नम्बर १८ मा जित हात पारेको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago