मोरङ – विराटनगर महानगरपालिका–७ मा मधुबाबु तिवारीले काका दामोदर तिवारीलाई पराजित गरेका छन्।

स्थानीय तह निर्वाचनमा मधुबाबु नेपाली कांग्रेस र दामोदर नेकपा एमालेको उम्मेदवारीसहित प्रतिस्पर्धामा थिए।

सोही क्रममा बुधबार बेलुका आदर्श माविस्थित निर्वाचन अधिकृतको कार्यालयले वडाको अन्तिम मतगणना जारी गर्दै कांग्रेसका ४८ वर्षीय उम्मेदवार मधुबाबु तिवारीलाई विजयी भएको घोषणा गरेको हो।

०७४ सालको निर्वाचनमा समेत सोही वडामा जितेर सुखद कार्यकाल बिताएका तिवारीले यसपटक १ हजार ३ सय १२ मत पाएका छन्। उनले एमालेका प्रतिस्पर्धी ६६ वर्षीय दामोदर तिवारीलाई ८ सय ४६ को फराकिलो मतान्तरले पराजित गरेका छन्।

एमालेका उम्मेदवार तिवारीले ४ सय ६६ मत पाएका थिए। चुनावी मैदानमा रहेको दुवै जना नातामा काका भतिजा हुन्। यससँगै महानगरको दुई वटा वडामा कांग्रेसले जित निकालेको छ। वडा नम्बर १६ मा उद्धव भुजेलले जितेका छन्।

त्यसैगरी, नेकपा एमालेले वडा नम्बर १, २ र १९ मा जित निकाल्दा, जसपाले वडा नम्बर १७, राप्रपाले १३ र स्वतन्त्रले वडा नम्बर १८ मा जित हात पारेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago