बिर्तामोड – ३ को वडाध्यक्षमा मदन बुढाथोकी सहित एमालेको प्यानल निर्वाचित

बिर्तामोड ,  झापाको बिर्तामोड नगरपालिका ३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

कांग्रेसले २०४८ सालदेखि आफ्नो पकडमा राखेको बिर्तामोड–३ मा एमालेका उम्मेद्वार मदन बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् । सो वडामा कांग्रेस नेता भोजराज सिटौला निरन्तर वडाध्यक्ष रहँदै आएका थिए ।
बुढाथोकीले २२६३ मत प्राप्त गरिरहँदा प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रेमप्रसाद उप्रेतीले मात्र ११४१ मत पाएका छन् । वडाध्यक्षका अन्य उम्मेदवारहरुमा राप्रपाका किरण पौडेलले ३९१ र जनता समाजवादी पार्टीका हरिनारायण चौधरीले ११६ मत प्राप्त गरे ।

त्यस्तै वडा सदस्यमा पनि एमालेले जितेको छ । महिला सदस्यमा धनसरी राजवंशी १७३५ , दलित महिला सदस्यमा लक्ष्मी रोक्का सार्की १८०३, खुल्ला सदस्यमा भागीमान लिम्बू १६८२ र हरिप्रसाद बाँस्कोटा १७७४ मतले बिजयी भएका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago