बिर्तामोड – ३ को वडाध्यक्षमा मदन बुढाथोकी सहित एमालेको प्यानल निर्वाचित

बिर्तामोड ,  झापाको बिर्तामोड नगरपालिका ३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

कांग्रेसले २०४८ सालदेखि आफ्नो पकडमा राखेको बिर्तामोड–३ मा एमालेका उम्मेद्वार मदन बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् । सो वडामा कांग्रेस नेता भोजराज सिटौला निरन्तर वडाध्यक्ष रहँदै आएका थिए ।
बुढाथोकीले २२६३ मत प्राप्त गरिरहँदा प्रतिष्पर्धी नेपाली कांग्रेसका प्रेमप्रसाद उप्रेतीले मात्र ११४१ मत पाएका छन् । वडाध्यक्षका अन्य उम्मेदवारहरुमा राप्रपाका किरण पौडेलले ३९१ र जनता समाजवादी पार्टीका हरिनारायण चौधरीले ११६ मत प्राप्त गरे ।

त्यस्तै वडा सदस्यमा पनि एमालेले जितेको छ । महिला सदस्यमा धनसरी राजवंशी १७३५ , दलित महिला सदस्यमा लक्ष्मी रोक्का सार्की १८०३, खुल्ला सदस्यमा भागीमान लिम्बू १६८२ र हरिप्रसाद बाँस्कोटा १७७४ मतले बिजयी भएका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago