बुटवल: बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रीय महासचिव सुरेश खनाल, केन्द्रीय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्रकुमार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।

उनीहरुले वैशाख २८ गते साँझ ८ बजे बुटवल–९ मिलनचोकमा रहेको आकाशे पुल तल प्रेसर बम विस्फोट गराएको प्रहरीको दाबी छ ।
इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मलेन गरेर उनीहरुलाई सार्वजनिक समेत गरेको छ । अभियुक्तहरुलाई जेठ १ गते बुटवलको नयाँ गाउँबाट पक्राउ गरिएको थियो । उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल ३ वटा, कुकर २ थान, मोबाइल ३ थान, बम बनाउन प्रयोग गरिने केही सामाग्री समेत बरामद गरेको छ । साथै, नेपाल बन्द सफल पारौं, चुनावलाई बहिस्कार गरौं जस्ता लेखिएको पम्लेटसमेत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ विस्फोटक पदार्थ सम्बन्धि कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान अघि बढेको प्रहरी प्रमुख केसीले बताए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago