बुटवल: बुटवलमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा माओवादीका केन्द्रीय महासचिव सुरेश खनाल, केन्द्रीय सदस्य फणिन्द्र गर्तौला, गोर्खा जिल्ला इन्चार्ज शुक्रकुमार श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।
उनीहरुले वैशाख २८ गते साँझ ८ बजे बुटवल–९ मिलनचोकमा रहेको आकाशे पुल तल प्रेसर बम विस्फोट गराएको प्रहरीको दाबी छ ।
इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मलेन गरेर उनीहरुलाई सार्वजनिक समेत गरेको छ । अभियुक्तहरुलाई जेठ १ गते बुटवलको नयाँ गाउँबाट पक्राउ गरिएको थियो । उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल ३ वटा, कुकर २ थान, मोबाइल ३ थान, बम बनाउन प्रयोग गरिने केही सामाग्री समेत बरामद गरेको छ । साथै, नेपाल बन्द सफल पारौं, चुनावलाई बहिस्कार गरौं जस्ता लेखिएको पम्लेटसमेत फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ विस्फोटक पदार्थ सम्बन्धि कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान अघि बढेको प्रहरी प्रमुख केसीले बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…