वीरगञ्ज: पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् ।

बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याए । उपाध्यक्षमा भने नेपाली कांग्रसकी राजमति बरैनी निर्वाचित भएकी छन् । उनले ३ हजार ९६१ मत ल्याइन् । जनता समाजवादी पार्टी (जसपा) की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो भइन् ।

दुई जना वडाध्यक्ष दोहोरिए

५ वटा वडा रहेको कालिकामाई गाउँपालिकामा ०७४ सालमा फोरमले २, कांग्रेस, जनता दल र माओवादीले १/१ वटा वडा अध्यक्ष जितेको थियो । यसपटक जसपा ३, कांग्रेस एमाले १/१ वडामा जित निकाल्न सफल भएका छन् ।

वडा नं १ मा जनता समाजवादी पार्टीका लालबाबु राउत बरै १४१८ मत ल्याएर विजयी भएका छन् । ०७४ मा यो वडामा कांग्रेसका शिवनाथ राउत थारु विजयी हुँदा लालबाबु दोस्रो भएका थिए ।

वडा नं २ र ३ मा पुरानौ वडा अध्यक्ष दोहोरिएका छन् । २ मा एमालेका सोनालालप्रसाद चौरसिया (५७२) विजयी हुँदा ३ मा जसपाका सञ्जय कुमार पटेल (६५०) पूनः निर्वाचित भएका छन् । चौरसिया ०७४ मा नेपाली जनता दलबाट निर्वाचित भएका थिए ।

वडा नं ४ मा नेपाली काँग्रेसका सञ्जय कुमार साह ७६९ मत ल्याएर विजयी भएका छन् । उनले निवर्तमान वडा अध्यक्ष जनता समाजवादी पार्टीका हरिओमकुमार शाहलाई पराजित गरेका हुन् ।

०७४ को स्थानीय तह निर्वाचनमा हरिओमले सञ्जयलाई पराजित गरेका थिए । वडा नं ५ मा जसपाका जय नारायण प्रसाद कुर्मी (७६६) मत ल्याएर विजयी भएका छन् , ०७४ को निर्वाचनमा कुर्मी माओवादी केन्द्रका पवन तिवारीसँग पराजित भएका थिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago