वीरगञ्ज: पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् ।

बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याए । उपाध्यक्षमा भने नेपाली कांग्रसकी राजमति बरैनी निर्वाचित भएकी छन् । उनले ३ हजार ९६१ मत ल्याइन् । जनता समाजवादी पार्टी (जसपा) की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो भइन् ।

दुई जना वडाध्यक्ष दोहोरिए

५ वटा वडा रहेको कालिकामाई गाउँपालिकामा ०७४ सालमा फोरमले २, कांग्रेस, जनता दल र माओवादीले १/१ वटा वडा अध्यक्ष जितेको थियो । यसपटक जसपा ३, कांग्रेस एमाले १/१ वडामा जित निकाल्न सफल भएका छन् ।

वडा नं १ मा जनता समाजवादी पार्टीका लालबाबु राउत बरै १४१८ मत ल्याएर विजयी भएका छन् । ०७४ मा यो वडामा कांग्रेसका शिवनाथ राउत थारु विजयी हुँदा लालबाबु दोस्रो भएका थिए ।

वडा नं २ र ३ मा पुरानौ वडा अध्यक्ष दोहोरिएका छन् । २ मा एमालेका सोनालालप्रसाद चौरसिया (५७२) विजयी हुँदा ३ मा जसपाका सञ्जय कुमार पटेल (६५०) पूनः निर्वाचित भएका छन् । चौरसिया ०७४ मा नेपाली जनता दलबाट निर्वाचित भएका थिए ।

वडा नं ४ मा नेपाली काँग्रेसका सञ्जय कुमार साह ७६९ मत ल्याएर विजयी भएका छन् । उनले निवर्तमान वडा अध्यक्ष जनता समाजवादी पार्टीका हरिओमकुमार शाहलाई पराजित गरेका हुन् ।

०७४ को स्थानीय तह निर्वाचनमा हरिओमले सञ्जयलाई पराजित गरेका थिए । वडा नं ५ मा जसपाका जय नारायण प्रसाद कुर्मी (७६६) मत ल्याएर विजयी भएका छन् , ०७४ को निर्वाचनमा कुर्मी माओवादी केन्द्रका पवन तिवारीसँग पराजित भएका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago