गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्मै कायम रहन्छ : सचेतक

काठमाडौँ: नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सत्तारुढ दलबीचको गठबन्धन संघ र प्रदेशको निर्वाचनमा पनि कायमै रहने बताएकी छिन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक भुसालले कांग्रेस स्थानीय तहमा रहेको गठबन्धनलाई संघ र प्रदेशको निर्वाचनसम्म निरन्तरता दिने पक्षमा रहेको बताइन् ।
उनले स्थानीय तह निर्वाचनमा कांग्रेसको अग्रताले कांग्रेसप्रति जनताको आस्था र विश्वास बढेको महसुस भएको बताइन् । उनले निर्वाचन परिणामले कांग्रेसको काँधमा जिम्मेवारी थपिएको बताइन् ।
‘नेपाली कांग्रेसले जुन अग्रता लिइराखेको छ, त्यसबाट आमजनताको नेपाली कांग्रेस प्रतिको आस्था, विश्वास बढेको हामीले महशुस गरेका छौँ । नेपाली कांग्रेसको काँधमा जिम्मेवारी थपिएको छ । र यही निर्वाचनमा जस्तै अहिलेको गठबन्धनलाई भोलिको दिनमा प्रदेश र केन्द्रको निर्वाचनमा समेत अगाडि बढाउने कुरामा हाम्रो पार्टी सकारात्मक छ,’ उनले भनिन् ।

सचेतक भुसालले काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा मतदाता थपिएका कारण युवाहरुले स्वतन्त्र उम्मेदवारलाई मत दिएको पाएको बताइन् । पार्टी भित्रका आन्तरिक असन्तुष्टि पनि निर्वाचन परिणाममा प्रकट भएको उनको भनाइ छ । उनले महानगरको प्रारम्भिक मत परिणामले आगामी दिनमा पार्टीको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर मात्रै निर्वाचनमा जानुपर्ने संकेत दिएको बताइन् ।
अहिले ३५ लाख बढी युवाहरु नयाँ मतदाता थपिएका छन् । अहिले नयाँ युवा मतदाताहरु थपिदै गर्दा पपुलर भोटका कुराहरु आउँछन् । दोस्रो, पार्टी भित्रका आन्तरिक असन्तुष्टिका कुराहरु पनि त्यहाँ प्रकट हुने गर्दछन् । तर पनि काठमाडौंको अहिले जुन किसिमको परिणाम आइराखेको छ, यो सुरुवाती परिणाम हो । तटस्थ व्यक्तिलाई भोट जाने बढेको छ, यसबाट भोलीको दिनमा पार्टीले उम्मेदवारी दिदैँ गर्दा पार्टी भित्रको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर अनि मात्र निर्वाचनमा जानुपर्ने संकेतहरु देखा परेको छ,’ उनले भनिन्, ‘अहिलेको जुन परिणाम छ, त्यसैलाई हेरेर निष्कर्षमा त पुग्न सकिदैन, तर त्यो सन्देश चाँहि हाम्रो पार्टीले पनि ग्रहण गर्नुपर्ने देखिन्छ ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago