गठबन्धन संघ र प्रदेशको निर्वाचनसम्मै कायम रहन्छ : सचेतक

काठमाडौँ: नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले सत्तारुढ दलबीचको गठबन्धन संघ र प्रदेशको निर्वाचनमा पनि कायमै रहने बताएकी छिन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक भुसालले कांग्रेस स्थानीय तहमा रहेको गठबन्धनलाई संघ र प्रदेशको निर्वाचनसम्म निरन्तरता दिने पक्षमा रहेको बताइन् ।
उनले स्थानीय तह निर्वाचनमा कांग्रेसको अग्रताले कांग्रेसप्रति जनताको आस्था र विश्वास बढेको महसुस भएको बताइन् । उनले निर्वाचन परिणामले कांग्रेसको काँधमा जिम्मेवारी थपिएको बताइन् ।
‘नेपाली कांग्रेसले जुन अग्रता लिइराखेको छ, त्यसबाट आमजनताको नेपाली कांग्रेस प्रतिको आस्था, विश्वास बढेको हामीले महशुस गरेका छौँ । नेपाली कांग्रेसको काँधमा जिम्मेवारी थपिएको छ । र यही निर्वाचनमा जस्तै अहिलेको गठबन्धनलाई भोलिको दिनमा प्रदेश र केन्द्रको निर्वाचनमा समेत अगाडि बढाउने कुरामा हाम्रो पार्टी सकारात्मक छ,’ उनले भनिन् ।

सचेतक भुसालले काठमाडौं महानगरपालिकाको निर्वाचनमा युवा मतदाता थपिएका कारण युवाहरुले स्वतन्त्र उम्मेदवारलाई मत दिएको पाएको बताइन् । पार्टी भित्रका आन्तरिक असन्तुष्टि पनि निर्वाचन परिणाममा प्रकट भएको उनको भनाइ छ । उनले महानगरको प्रारम्भिक मत परिणामले आगामी दिनमा पार्टीको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर मात्रै निर्वाचनमा जानुपर्ने संकेत दिएको बताइन् ।
अहिले ३५ लाख बढी युवाहरु नयाँ मतदाता थपिएका छन् । अहिले नयाँ युवा मतदाताहरु थपिदै गर्दा पपुलर भोटका कुराहरु आउँछन् । दोस्रो, पार्टी भित्रका आन्तरिक असन्तुष्टिका कुराहरु पनि त्यहाँ प्रकट हुने गर्दछन् । तर पनि काठमाडौंको अहिले जुन किसिमको परिणाम आइराखेको छ, यो सुरुवाती परिणाम हो । तटस्थ व्यक्तिलाई भोट जाने बढेको छ, यसबाट भोलीको दिनमा पार्टीले उम्मेदवारी दिदैँ गर्दा पार्टी भित्रको आन्तरिक संगठनलाई व्यवस्थापन गरेर अनि मात्र निर्वाचनमा जानुपर्ने संकेतहरु देखा परेको छ,’ उनले भनिन्, ‘अहिलेको जुन परिणाम छ, त्यसैलाई हेरेर निष्कर्षमा त पुग्न सकिदैन, तर त्यो सन्देश चाँहि हाम्रो पार्टीले पनि ग्रहण गर्नुपर्ने देखिन्छ ।’

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago