भरतपुरमा रेनु दाहाल १८ सय ५२ मतले अघि

काठमाडौँ – भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनकी रेनु दाहाल १८ सय ५२ मतले अगाडी छिन्।

महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार २८ हजार ६ सय ४३ मत गन्दा रेनुले १० हजार ४ सय ४९ भोट प्राप्त गरेकी छिन्।

उनलाई पच्छाइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार ५ सय ९७ मत ल्याएका छन्।

हिजोसम्म दाहाल र सुवेदीबीच झिनो मतान्तर रहेकोमा दाहालले आज मतान्तर बढाएकी हुन्।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६ सय ९६ भोट ल्याएका कार्यालयले जनाएको छ।

पौडेलले सत्ता गठबन्धनकी दाहालको भोट काटीरहेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलीत पाँच दलीय सत्ता गठबन्धनको समर्थनमा भरतपुरको मेयरमा उठेकी रेनुसँग रुष्ट भएर नेपाली कांग्रेसका पौडेल मेयरमा बागी उठेका हुन्।

पौडेलको उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धन असफल भएको थियो। उनै पौडेलले अहिले सत्ता गठबन्धनको भोट काटीरहेका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago