आफ्नै वडामा केशव स्थापित तेस्रो, बालेन झण्डै दोब्बर मतले अगाडि

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साहले उनका प्रतिस्पर्धि केशव स्थापितको वडामा पनि झण्डै दोब्बर मतले अग्रता कायम गरेका छन्।

स्थापित आफ्नै वडामा तेस्रो भएका छन्।

काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफ्नै वडा बासीको समेत अपेक्षित भोट पाउन सकेका छैनन् ।

जारी मतगणनामा स्थापितको वडा नम्बर २९ मा १३ सय ७० मत गन्दा बालेन शाहले ४ सय ६२ मत प्राप्त गरेका छन्।

बालेनपछि नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले ३ सय २१ मत ल्याएकी छन् भने स्थापितले जम्मा २७० मत पाएको महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

अन्य वडाहरुमा बालेनले धेरै मतले अग्रता लिइरहँदा स्थापितलाई उनको वडामा भोट आउने आंकलन गरिएको थियो ।

तर सुरुवाती गणनामा बालेन पहिलो र सिर्जनाले दोस्रो धेरै मत ल्याएका छन् ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago