काठमाडौँ – काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साहले उनका प्रतिस्पर्धि केशव स्थापितको वडामा पनि झण्डै दोब्बर मतले अग्रता कायम गरेका छन्।
स्थापित आफ्नै वडामा तेस्रो भएका छन्।
काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफ्नै वडा बासीको समेत अपेक्षित भोट पाउन सकेका छैनन् ।
जारी मतगणनामा स्थापितको वडा नम्बर २९ मा १३ सय ७० मत गन्दा बालेन शाहले ४ सय ६२ मत प्राप्त गरेका छन्।
बालेनपछि नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले ३ सय २१ मत ल्याएकी छन् भने स्थापितले जम्मा २७० मत पाएको महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
अन्य वडाहरुमा बालेनले धेरै मतले अग्रता लिइरहँदा स्थापितलाई उनको वडामा भोट आउने आंकलन गरिएको थियो ।
तर सुरुवाती गणनामा बालेन पहिलो र सिर्जनाले दोस्रो धेरै मत ल्याएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…