झापा, बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतदान पछि अहिले देशैभर मतगणनाको कार्य जारी रहेको छ । झापामा पनि १५ पालिकाका १३१ वडाहरुमा नै यतिबेला मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापामा अहिलेसम्म ४४ वटा वडाको मतगणना सकिएर अन्तिम परिणाम घोषणा भइसकेको छ । जसमा नेपाली काँग्रेसले २० वटा वडा जितेर पहिलो स्थानमा छ भने नेकपा एमालेले १५ वडा जितेर दोस्रो स्थानमा छ । त्यस्तै राप्रपाले झापामा अहिलेसम्म ३ वटा वडा जितेको छ भने माओवादी केन्द्रले दुई वटा वडा जितेको छ । झापामा स्वतन्त्र उम्मेद्वारहरु पनि वडामा विजयी भएका छन । झापाका तीन वटा वडामा स्वतन्त्र उम्मेद्वारहरुले नतिजा आफ्नो पक्षमा पारेका छन ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…