कचनकवलमा कांग्रेसको बहुमत ,अध्यक्षमा राजवंशी र उपाध्यक्षमा भट्टराई निर्वाचित

झापा , कचनकवल गाउँपालिकामा अध्यक्षसहित नेपाली कांग्रेसले पूर्ण बहुमत हासिल गरेको छ ।

गाउँपालिकाको ७ वटा वडामध्ये ६ वटामा प्यानलसहित कांग्रेसले अध्यक्ष जितेको हो । स्थानीय तहमा कांग्रेससंग गठबन्धन बनाएको नेकपा एमालेले एउटा वडासहित गाउँपालिका उपाध्यक्ष जितेको छ । गत निर्वाचनमा बहुमतमा रहेको राप्रपा भने बढारिएको छ । ११ हजार ४७७ मत ल्याई कांग्रेसका राजवंशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष राप्रपाका अन्जरा आलमले मात्र ६ हजार ६६७ मत ल्याए ।

त्यस्तै माओवादीका बुद्धिप्रसाद नेपालले ६६४ , जनता समाजवादी पार्टीका ज्ञानबहादुर राईले १०९ , लोकतान्त्रिक समाजवादी पार्टीका कर्णलाल राजवंशीले १०१ , नेकपा एकीकृत समाजवादी पार्टीका खेपचरण यादवले ५४ , जनमत पार्टीका वाकसिंह राजवंशीले २० र स्वतन्त्र उम्मेदवार विनोदकुमार खरेलले १८ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई ८ हजार १४३ मतले निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष राप्रपाका निमसरी राजवंशीले मात्र ६ हजार ८०१ म्त प्राप्त गरिन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका हेलामती राजवंशीले १३७ र जनमत पार्टीका सरस्वती मुखियाले २५ मत ल्याएका छन् ।

वडाध्यक्षतर्फ वडा नं १ मा कांग्रेसका महावीर लिम्बू , २ मा एमालेका लेखनाथ खत्री , ३ मा कांग्रेसका ग्यास अजमल मिया , ४ मा कांग्रेसका नुरुजजमा मिया , ५ मा कांग्रेसका मोहम्मद नूर आलम , ६ मा कांग्रेसकै चिन्तामणि खरेल र ७ मा पनि कांग्रेसकै भरत राजवंशी निर्वाचित भएका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago