राप्रपाका अभिषेक ढुङ्गाना भद्रपुर ७ नम्बर वडाध्यक्षमा निर्वाचित

झापा, राप्रपाले भद्रपुर नगरपालिकामा अर्को वडाध्यक्ष पनि जितेको छ ।

राप्रपाका युवा उम्मेदवार अभिषेक ढुङ्गाना भद्रपुर ७ नम्बर वडाध्यक्षमा निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पोषराज पौडेललाई १३९ मतान्तरले हराउँदै राप्रपाका ढुङ्गाना वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

ढुङ्गानाले ११९१ र पौडेलले १०५२ मत ल्याएका छन् । त्यस्तै गठबन्धनका माओवादी उम्मेदवार पुष्पलाल राजवंशी ७८५, मङ्गोल नेशनल अर्गनाइजेसनका दिलकुमार राई ३५, मौलिक जरोकिलो पार्टीका दीपेन्द्र घिमिरे २७ र राष्ट्रिय जनमुक्ति पार्टीका बैसागु राजवंशीले ६ मत ल्याएका छन् ।

७ नम्बर वडा एमालेको गढ हो । वडा अध्यक्षबाहेक सबै सदस्य एमालेले जितेको छ । वडा सदस्यमा एमालेका कुपितनारायण राजवंशी १०२२, केदारप्रसाद निरौला ९८४, सीतादेवी ढकाल १०९५ र विभा पासवान ११३७ मत ल्याएर निर्वाचित भएका छन् ।

राप्रपाले स्थानीय तह सदस्य निर्वाचनमा पहिलो पटक भद्रपुरमा वडाध्यक्ष पद जितेको हो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago