हल्दिबारी गाउँपालिकामा राप्रपाको बहुमत, अध्यक्षमा पुनः रविन्द्र लिङदेन र उपाध्यक्षमा मैनाली निर्वाचित

झापा,  राप्रपाले हल्दिबारी गाउँपालिकामा बहुमतका साथ विजयी हासिल गरेको छ ।

राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडा अध्यक्ष र ११ सदस्य जितेको छ । गाउँपालिकाको अध्यक्ष रविन्द्र लिङदेन पुनः निर्वाचित भएका छन् । उनी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनका भाइ हुन् । उनले ६८५६ मत ल्याएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर गिरीलाई २१९० मतान्तरले पराजित गर्दै लिङदेन पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन् । गिरीले ४६६६ मत ल्याए । त्यस्तै अध्यक्षका उम्मेदवार बनेका नेपाली काँग्रेसका तुलसीप्रसाद ओलीले २७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दंगालले ११४९ मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छिन् । मैनालीले ५०७८ मत ल्याएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्ता देवी गौतमले ४१०६ मत ल्याएकी छिन् । माओवादी केन्द्रका टिकादेवी राउतले १४५३ र काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले ३७०० मत ल्याएका छन् ।

वडातर्फ हल्दिबारी– १ मा राप्रपाका प्यानलसहित देवीबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका छन् । हल्दिबारी– ४ मा राप्रपाकै प्यानलसहित वडा अध्यक्षमा सन्तकुमार थापा निर्वाचित भएका छन् । हल्दिबारी– २ मा माओवादीका शुकलाल राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

हल्दिबारी– ३ मा एमालेको प्यानलसहित वडा अध्यक्षमा विष्णुप्रसाद ओली निर्वाचित भएका छन् । हल्दिबारी– ५ मा काँग्रेसका खड्गबहादुर लावती वडा अध्यक्षमा निर्वाचित भएका छन् ।गत कार्यकालमा एमालेको बहुमत रहेको थियो भने राप्रपा अल्पमतमा रहेको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago