झापा, कनकाई नगरपालिकाको मेयरमा राजेन्द्रकुमार पोखरेल पुनः निर्वाचित भएका छन्।

पोखरेलले ८६७३ मत ल्याएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियालाई २०१२ मतान्तरले पराजित गर्दै पोखरेल पुनः कनकाई मेयरमा निर्वाचित भएका हुन्। चिमरियाले ६६६१ मत ल्याएका छन्।
त्यस्तै, जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ५६९१ मत, राप्रपाका २२०५ र विवेकशील पार्टीका भीमप्रसाद अधिकारीले १८४ मत ल्याएका छन्। त्यस्तै, नगरपालिकाकी उपमेयरमा नेपाली कांग्रेसकी आशा सिवाकोटी निर्वाचित भएकी छिन्। सिवाकोटीले १० हजार ७१३ मत ल्याइन्।
उनले निकटतम् प्रतिद्वन्द्वी एमालेकी मञ्जु प्रसाईँलाई १८६८ मतान्तरले पराजित गरेकी हुन्। नगरपालिकाकी निवर्तमान उपमेयर रहेकी प्रसाईँले ८८४५ मत ल्याएकी छिन्।

त्यस्तै, राप्रपाकी सचित्रा खनाल १६९५, नेकपा एकीकृत समाजवादीकी अम्बिका देवी महत ६२० र विवेकशील साझा पार्टीकी अम्बिका चापागांई ११७ मत प्राप्त गरेकी छिन्।
वडातर्फ कनकाई–१ मा एमालेका सुशीलकुमार पोखरेल, २ मा एमालेका बलराम राई, ३ मा एमालेका युवराज चम्लागाई, ४ मा एमालेका रोशन सुवेदी, ५ मा एमालेका कृष्णबहादुर राई, ६ मा एमालेका दीर्घबहादुर थापा, ७ मा कांग्रेसका भिष्मभुषण सिटौला, ८ मा कांग्रेसका लीलाबहादुर कटुवाल र ९ मा एमालेका राजेन्द्रप्रसाद उप्रेती निर्वाचित भएका छन्। कनकाईमा नगरपालिका एमालेले बहुमत ल्याएको छ ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएसँगै संक्षिप्त मन्तव्य राख्दै पोखरेलले आगामी दिनमा सम्पूर्ण नगरवासीकै प्रमुखका रुपमा उभिएर कार्य सम्पादन गर्ने बताए । दोस्रो कार्यकालमा नगरवासीले थप परिवर्तनको महसुस गर्न सक्नेछन् भन्दै नवनिर्वाचित नगर प्रमुख पोखरेलले जनताको भावना सम्बोधन हुने बताए ।
मेयरको प्रत्यासीका रुपमा रहेका शेरवहादुर थापाले मतगणनास्थलमै गएर नवनिर्वाचित नगर प्रमुखलाई फुलमाला लगाइदिएर बधाई तथा शुभकामना व्यक्त गरे । थापाले आगामी दिनमा सबै पक्षलाई समेटेर सम्मानजनक व्यवहार गर्न नवनिर्वाचित नगर प्रमुखलाई सुझाव दिए ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago