झापा, कनकाई नगरपालिकाको मेयरमा राजेन्द्रकुमार पोखरेल पुनः निर्वाचित भएका छन्।

पोखरेलले ८६७३ मत ल्याएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियालाई २०१२ मतान्तरले पराजित गर्दै पोखरेल पुनः कनकाई मेयरमा निर्वाचित भएका हुन्। चिमरियाले ६६६१ मत ल्याएका छन्।
त्यस्तै, जेब्रा चिन्हका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ५६९१ मत, राप्रपाका २२०५ र विवेकशील पार्टीका भीमप्रसाद अधिकारीले १८४ मत ल्याएका छन्। त्यस्तै, नगरपालिकाकी उपमेयरमा नेपाली कांग्रेसकी आशा सिवाकोटी निर्वाचित भएकी छिन्। सिवाकोटीले १० हजार ७१३ मत ल्याइन्।
उनले निकटतम् प्रतिद्वन्द्वी एमालेकी मञ्जु प्रसाईँलाई १८६८ मतान्तरले पराजित गरेकी हुन्। नगरपालिकाकी निवर्तमान उपमेयर रहेकी प्रसाईँले ८८४५ मत ल्याएकी छिन्।

त्यस्तै, राप्रपाकी सचित्रा खनाल १६९५, नेकपा एकीकृत समाजवादीकी अम्बिका देवी महत ६२० र विवेकशील साझा पार्टीकी अम्बिका चापागांई ११७ मत प्राप्त गरेकी छिन्।
वडातर्फ कनकाई–१ मा एमालेका सुशीलकुमार पोखरेल, २ मा एमालेका बलराम राई, ३ मा एमालेका युवराज चम्लागाई, ४ मा एमालेका रोशन सुवेदी, ५ मा एमालेका कृष्णबहादुर राई, ६ मा एमालेका दीर्घबहादुर थापा, ७ मा कांग्रेसका भिष्मभुषण सिटौला, ८ मा कांग्रेसका लीलाबहादुर कटुवाल र ९ मा एमालेका राजेन्द्रप्रसाद उप्रेती निर्वाचित भएका छन्। कनकाईमा नगरपालिका एमालेले बहुमत ल्याएको छ ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएसँगै संक्षिप्त मन्तव्य राख्दै पोखरेलले आगामी दिनमा सम्पूर्ण नगरवासीकै प्रमुखका रुपमा उभिएर कार्य सम्पादन गर्ने बताए । दोस्रो कार्यकालमा नगरवासीले थप परिवर्तनको महसुस गर्न सक्नेछन् भन्दै नवनिर्वाचित नगर प्रमुख पोखरेलले जनताको भावना सम्बोधन हुने बताए ।
मेयरको प्रत्यासीका रुपमा रहेका शेरवहादुर थापाले मतगणनास्थलमै गएर नवनिर्वाचित नगर प्रमुखलाई फुलमाला लगाइदिएर बधाई तथा शुभकामना व्यक्त गरे । थापाले आगामी दिनमा सबै पक्षलाई समेटेर सम्मानजनक व्यवहार गर्न नवनिर्वाचित नगर प्रमुखलाई सुझाव दिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago