चैत महिनामा वीरगञ्ज भन्सारको संकलन लक्ष्यभन्दा कम

वीरगञ्ज– देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सारले चालु आर्थिक वर्षको चैत महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ। चैत महिनामा भन्सार विभागले लक्ष्यभन्दा साढे सात प्रतिशत कम राजश्व संकलन गरेको हो।

चैत महिनामा वीरगञ्ज भन्सार कार्यालयले १६ अर्ब ४३ करोड ३५ लाख एक हजार राजश्व संकलन गरेको छ। यस महिनामा भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई १७ अर्ब ७७ करोड ६ लाख ६१ हजार राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो।

यस आँकडाअनुसार वीरगञ्ज भन्सार कार्यालय तोकिएको लक्ष्यभन्दा साढे सात प्रतिशत कम राजश्व संकलन गरेको हो।

चैत महिनामा वीरगञ्ज भन्सार कार्यालयले मूल्य अभिवृद्धि करबाट ७ अर्ब २५ करोड ६८ लाख ८० हजार,भन्सार महसुल आयातबाट पाँच अर्ब ८४ करोड ७२ लाख ६६ हजार,अन्तःशुल्कबाट एक अर्ब १० करोड ९९ लाख ७८ हजार राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्ष २०७७/७८ मा यहि महिनामा भने वीरगञ्जभन्सार कार्यालयले भन्सार विभागबाट पाएको लक्ष्यभन्दा ३१ प्रतिशत बढी राजश्व संकलन गरेको थियो।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago