तेश्रो त्रैमासमा फर्स्ट माईक्रोफाइनान्सको व्यवसाय सँगै खुद नाफामा वृद्धि

काठमाडौं: फर्स्ट माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड (FMDBL) ले आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.१६.६१ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा ६९.७२% ले बढि रहेको छ। खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि रु.११.८९ बाट बढेर रु.२२.९७ कायम हुन आएको छ।

व्याज आम्दानीमा उलेख्य ११३.९९% को वृद्धि, खुद व्याज आम्दानीमा ६५.३७% को वृद्धि तथा संचालन नाफामा ६१.६४% को वृद्धिले गर्दा कम्पनीको खुद नाफामा उलेख्य वृद्धि आएको हो।

रु.९६.४४ करोड चुक्ता पूंजी रहेको थोक कर्जा प्रवाह गर्ने लघुवित्तको जगेडा तथा कोष ३९.७३% ले वृद्धि भएर रु.३२.६३ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ३३.८४% रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.१.२९ अर्ब कायम भएको छ जसले गर्दा प्रति शेयर किताबी मुल्य रु.१२६.६४ बाट बढेर रु.१३३.८४ कायम हुन आएको छ।

त्यस्तै, व्यवसाय तर्फ लघुवित्तले राम्रो प्रगती गरेको छ। निक्षेप संकलन गर्न नपाउने यस लघुवित्तले तेश्रो त्रैमासमा विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु.९.५४ अर्ब कर्जा सापट लिई रु.१०.४१ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलना मा क्रमश ६.९४% र २५.९३% को वृद्धि रहेको छ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago