काठमाडौं: फर्स्ट माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड (FMDBL) ले आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.१६.६१ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा ६९.७२% ले बढि रहेको छ। खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि रु.११.८९ बाट बढेर रु.२२.९७ कायम हुन आएको छ।
व्याज आम्दानीमा उलेख्य ११३.९९% को वृद्धि, खुद व्याज आम्दानीमा ६५.३७% को वृद्धि तथा संचालन नाफामा ६१.६४% को वृद्धिले गर्दा कम्पनीको खुद नाफामा उलेख्य वृद्धि आएको हो।
रु.९६.४४ करोड चुक्ता पूंजी रहेको थोक कर्जा प्रवाह गर्ने लघुवित्तको जगेडा तथा कोष ३९.७३% ले वृद्धि भएर रु.३२.६३ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ३३.८४% रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.१.२९ अर्ब कायम भएको छ जसले गर्दा प्रति शेयर किताबी मुल्य रु.१२६.६४ बाट बढेर रु.१३३.८४ कायम हुन आएको छ।
त्यस्तै, व्यवसाय तर्फ लघुवित्तले राम्रो प्रगती गरेको छ। निक्षेप संकलन गर्न नपाउने यस लघुवित्तले तेश्रो त्रैमासमा विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु.९.५४ अर्ब कर्जा सापट लिई रु.१०.४१ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलना मा क्रमश ६.९४% र २५.९३% को वृद्धि रहेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…