सप्तरी: जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देशको राजनीतिक लिकभन्दा बाहिर गइसकेको टिप्पणी गरेका छन् । त्यसलाई लिकमा नल्याए जतिखेर पनि दुर्घटना हुन सक्ने उनको भनाइ छ ।
राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा त्रिपाठीले राजनीति लिकबाहिर गएपनि कसैलाई चिन्ता नभएको बताए । ‘न्यूनतम एजेन्डामा राष्ट्रिय सहमति बनाएर राजनीतिलाई लिकमा ल्याउनु जरुरी छ’ उनले भने, ‘तर यसतर्फ कसैको ध्यान छैन ।’ राजनीतिलाई लिकमा नल्याए देशमा दुर्घटना हुने र अहिलेसम्मको उपलब्धी गुम्न सक्ने उनले बताए । केही शक्तिले उपलब्धीमाथि नै प्रहार गर्न खोजेको उनको भनाइ छ ।
‘केही शक्ति यस्ता छन्, जसलाई संघीयता, गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र मन परेको छैन्’ उनले भने, ‘ती शक्तिले उपलब्धीमाथि प्रहार गर्न खोजेका छन् । उपलब्धीलाई बचाइराख्न सबैलाई एकजुट हुनु जरुरी छ ।’ अध्यक्ष त्रिपाठीले देशको संविधान घाइते बन्दै गएको पनि बताए । सर्वाेच्च अदालतले पनि संविधानलाई घाइते बनाएको उनको भनाइ छ ।
‘विघटन भएको प्रतिनिधिसभालाई पुनर्स्थापना गर्न सर्वाेच्चले आदेश दिन सक्छ । तर, कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्दैन’ उनले भने, ‘यो अधिकार प्रतिनिधिसभालाई थियो । तर, सर्वाेच्च अदालतले संविधानलाई त्यहीं संशोधन गरिदियो ।’
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…