सप्तरी: जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देशको राजनीतिक लिकभन्दा बाहिर गइसकेको टिप्पणी गरेका छन् । त्यसलाई लिकमा नल्याए जतिखेर पनि दुर्घटना हुन सक्ने उनको भनाइ छ ।
राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा त्रिपाठीले राजनीति लिकबाहिर गएपनि कसैलाई चिन्ता नभएको बताए । ‘न्यूनतम एजेन्डामा राष्ट्रिय सहमति बनाएर राजनीतिलाई लिकमा ल्याउनु जरुरी छ’ उनले भने, ‘तर यसतर्फ कसैको ध्यान छैन ।’ राजनीतिलाई लिकमा नल्याए देशमा दुर्घटना हुने र अहिलेसम्मको उपलब्धी गुम्न सक्ने उनले बताए । केही शक्तिले उपलब्धीमाथि नै प्रहार गर्न खोजेको उनको भनाइ छ ।
‘केही शक्ति यस्ता छन्, जसलाई संघीयता, गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र मन परेको छैन्’ उनले भने, ‘ती शक्तिले उपलब्धीमाथि प्रहार गर्न खोजेका छन् । उपलब्धीलाई बचाइराख्न सबैलाई एकजुट हुनु जरुरी छ ।’ अध्यक्ष त्रिपाठीले देशको संविधान घाइते बन्दै गएको पनि बताए । सर्वाेच्च अदालतले पनि संविधानलाई घाइते बनाएको उनको भनाइ छ ।
‘विघटन भएको प्रतिनिधिसभालाई पुनर्स्थापना गर्न सर्वाेच्चले आदेश दिन सक्छ । तर, कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्दैन’ उनले भने, ‘यो अधिकार प्रतिनिधिसभालाई थियो । तर, सर्वाेच्च अदालतले संविधानलाई त्यहीं संशोधन गरिदियो ।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…