सीआईबीबाट अनुसन्धान र डीएसपीमाथि छानबिनको माग

बुटवल: रुपन्देहीको तिलोत्तमामा चैत ३० गते राति मृत्यु भएकी अमृता खत्री टण्डनका माइती पक्षले घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट अनुसन्धान हुनुपर्ने माग गरेको छ । आइतबार घरमै पत्रकार सम्मेलन गरी उनीहरुले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले भूमिकाप्रति शंका व्यक्त गर्दै उनीमाथि पनि छानबिनको माग गरेका छन् ।

अमृताका दाजु पुष्पक खत्रीले सुरुदेखि नै बुटवल प्रहरीले घटनालाई सामान्यीकरण गर्न खोजेको, आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न दबाव दिएको, कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता भइसकेको भनेर झुठ बोलेको र आन्दोलन चर्किएपछि मात्रै दर्ता गरेको भन्दै डीएसपी केसीको भूमिका विश्वसनीय नभएको बताए ।

शान्तिपूर्ण प्रदर्शनमा समेत डीएसपी केसीको निर्देशनमा प्रहरीले दमन गरेको भन्दै माइती पक्षले उनीमाथि छानबिनको माग गरेको हो । ३० चैतको राति आफ्नै घरमा विष सेवनबाट अमृताको मृत्यु भएको परिवारका सदस्यले दावी गरे पनि माइती पक्ष त्यसलाई मान्न तयार छैनन् ।

अमृताले आफैं बिष सेवन गर्ने आधार नै नभएको दावी गर्दै दाजु पुष्पकले योजनावद्ध हत्या गरी सत्य लुकाउन विष खाएको बहाना बनाई अस्पताल पुर्‍याएको दावी गरे । ‘राति ९ः३२ सम्म मसँगै च्याटमा दाजु म मर्न चाहन्न मलाई बचाउनुस् भनेकी छ बहिनीले, तर ९ः५० मा अस्पतालले मृत भनेको छ’, पुष्पकले भने, ‘बहिनीको कोठाको ढोका खुल्लै छ, बेड जस्ताको तस्तै छ अनि कसरी विष सेवन गरेको हुन्छ ?’

अमृताले सेवन गरेको भनिएको डीडी फैक्स नामक किटनाशक विषादी नेपालमा प्रतिबन्धित छ । उक्त विषादी घरमा कहाँबाट कसले ल्यायो यो विषय झनै शंकास्पद रहेको उनले बताए ।

घटनापछि डीएसपीले वैशाख १ गते नै जाहेरी दर्ता भइसक्यो ढुक्क हुनुस् भनेका तर वैशाख २ गते दर्ता नम्बर माग्दा दर्ता नभएको पाइएपछि शान्तिपूर्ण प्रदर्शन गर्दा डीएसपी केसी आफैं गाली गलौज र कुटपिटमा उत्रिएको प्रदर्शनका क्रममा घाइते भएका कमल खत्रीले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, जिल्ला प्रहरी प्रमुख सहितको छलफलमा घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली ल्याउने सहमति भएअनुसार छिटो अनुसन्धान हुनुपर्ने पुष्पकले बताए । शवको पोष्टमार्टम फरेन्सिक ल्याब विशेषज्ञको रोहवरमा पीडित पक्षले चाहेको अस्पतालमा गराउन प्रमुख जिल्ला अधिकारीले सहमति जनाएपछि आइतबार पोष्टमार्टम भएको छ ।

पीडित पक्षले दवावमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । घटना शंकास्पद देखिएपछि माइती पक्षले अमृताको हत्या भएको भन्दै प्रहरीमा कर्तव्य ज्यान मुद्धा दायर गरेका छन् । प्रहरीले अमृताका श्रीमान प्रेम टण्डन, ससुरा टहलसिंह र सासु दीपा टण्डनलाई पक्राउ गरेको छ ।

शव पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै अन्त्येष्टि गरिने माइती पक्षले बताएका छन् । अमृताको न्यायका लागि माइती पक्ष र समर्थकले बुटवल र तिलोत्तमा क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् ।

९ वर्षअघि प्रेम विवाह गरेका अमृता र प्रेमका एक छोरा छन् । विवाह गरेको दुई वर्षपछि नै उनीहरुको सम्बन्ध सुमधुर थिएन । परिवारका सदस्यले अमृतालाई सानातिना विषयमा पनि गालीगलौज र प्रताडना दिंदै आएको माइती पक्षले बताएको छ ।

गत भदौमा पनि उनीहरुबीच विवाद भएपछि वडा कार्यालयको रोहबरमा मिलेर बस्ने सहमति भएको थियो । घटनाको केही दिन अघि श्रीमान्ले भारत जान दबाव दिएका थिए तर अमृताले आफूलाई मार्ने षड्यन्त्र हुनसक्छ भन्दै जान नमानेको माइती पक्षको भनाइ छ ।

चैत २९ गते श्रीमानले कुटपिट गरेपछि उनी ३० गते माइती गएकी थिइन् । तर श्रीमान् प्रेमले तीन पटकसम्म फोन गरेर घर आउन दवाव दिएका र नआएमा छोरालाई जे पनि हुनसक्ने धम्की दिएपछि उनी राति साढे ८ बजे घर गएकी अमृताकी आमा सावित्राले बताएकी छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago