फाइल फोटो
काठमाडौं । भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीनै जना बालबालिकाको शव भेटिएको छ।वेपत्ता भएकामध्ये लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको शव बुधवार भेटिएको थियो।
उनको भेरीगंगा नगरपालिका–२ मा पर्ने भेरी पुल नजिकै शव भेटिएको थियो। यस्तै बिहीबार थप दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
दिउँसो १ बजे भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजाली र अपरान्ह पाँच बजे सोही ठाउँकी १२ बर्षीय गंगा खड्काको शव भेटिएको उनले जानकारी दिए।उनीहरुको शव भेरीगंगा नगरपालिका–१३ स्थित नदी किनारमा भेटिएको हो।
बिहीबार भेटिएको दुवै जना बालवालिकाको शव पोष्टमार्टमाका लागि मेहलकुना अस्पतालमा राखिएको छ। फागुन २८ गते सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित नजिक भेरी नदीमा नुहाउने क्रममा: तीन जना बालबालिका बेपत्ता भएका थिए।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…