चितवन इन्चार्जमा रेनु दाहाल, संयोजकमा रामचन्द्र अधिकारी

चितवन: नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्ज र संयोजको जिम्मेवारी टुंग्याएको छ। बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिको बैठकले रेनु दाहाललाई इन्चार्ज र रामचन्द्र अधिकारी (आरसी )लाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो।
दाहाल माओवादीको केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकी मेयर हुन्। संयोजकको जिम्मेवारी पाएका अधिकारी यसअघि चितवन जिल्ला पार्टीको कार्यालय सदस्य थिए। उनी माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुन्।
अन्य पदाधिकारी भने टुंगिन बाँकी छ। माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि जिल्ला इन्चार्जहरू तोकिएका थिएनन्। हालै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो प्रदेशभित्रका जिल्ला इन्चार्ज तोक्ने अधिकार प्रदेश समितिलाई दिएको थियो।

Kamal Panthi

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago