चितवन इन्चार्जमा रेनु दाहाल, संयोजकमा रामचन्द्र अधिकारी

२०७८, ४ चैत्र शुक्रबार ११:०२

चितवन: नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्ज र संयोजको जिम्मेवारी टुंग्याएको छ। बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिको बैठकले रेनु दाहाललाई इन्चार्ज र रामचन्द्र अधिकारी (आरसी )लाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो।
दाहाल माओवादीको केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकी मेयर हुन्। संयोजकको जिम्मेवारी पाएका अधिकारी यसअघि चितवन जिल्ला पार्टीको कार्यालय सदस्य थिए। उनी माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुन्।
अन्य पदाधिकारी भने टुंगिन बाँकी छ। माओवादी केन्द्रको आठौँ महाधिवेशनपछि जिल्ला इन्चार्जहरू तोकिएका थिएनन्। हालै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो प्रदेशभित्रका जिल्ला इन्चार्ज तोक्ने अधिकार प्रदेश समितिलाई दिएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु