हामि एक्ला एक्लै चुनाबमा जानै सक्दैनौ, तीनवटै निर्वाचनमा तालमेल गर्ने -देउपा

काठमाडौँ: सत्ता गठबन्धन दलका नेताबीच सार्वजनिक मञ्चमा सवालजवाफ चलिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटै तहमा चुनावी तालेमल गरेर अघि बढ्ने आश्वासन दिएका छन् । देउवाले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुनेमा आशंका नगर्न आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ ।

देउवाले कांग्रेसले फागुन २९ बाट सुरु गरेको अभियान सकिनासाथ तालमेलको निर्णय लिने बताएका हुन् । स्थानीय तहमा सबै ठाउँमा तालमेल सम्भव नभए पनि महानगरपालिका र उपमहानगरपालिकासम्म केन्द्रीय तहबाटै तालमेल गर्नेबारे नेताहरूबीच छलफल चलेको छ । अन्य पालिकामा स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर जानुपर्ने नेताहरुले बताएका छन् ।
कांग्रेसमा संस्थापनसँग असहमत पक्षले चुनावी तालमेल नहुने भन्दै दिइरहेको अभिव्यक्तिलाई लिएर दाहाल र नेपालले आशंका प्रकट गरेका थिए । कांग्रेस नेता शेखर कोइराला र उनको पक्षमा रहेका नेताले सत्ता गठबन्धन र चुनावी तालमेल अलग–अलग विषय भएको भन्दै कांग्रेस एक्लै चुनाव लड्नुपर्ने बताइरहेका छन् । कोइराला समूहका नेताहरूको अभिव्यक्तिलाई लक्षित गर्दै बिहीबार माओवादी अध्यक्ष दाहालले कांग्रेसले लखेट्न खोजे एमालेसँग पनि तालमेल हुन सक्ने बताएका थिए । ‘एमालेसँग तत्काल कुनै छलफल भएको छैन तर कांग्रेसमा पनि केही अतिवादी नेता छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्न खोज्यो भने के हुन्छ भन्न सकिँदैन,’ लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा दाहालले भनेका थिए, ‘राजनीतिमा असम्भव केही हुँदैन ।’

दाहालका स्वकीय सचिव एवं केन्द्रीय सदस्य रमेश मल्लले स्थानीय तहसम्म गठबन्धनको संयत्र बनाउने विषयमा बालुवाटारमा छलफल भएको बताए । ‘स्थानीय तहसम्म संयन्त्र बनाएर अघि बढाउने कुरा भयो,’ उनले भने । देउवालाई आफूले तालमेल गर्न नसके ०७४ को निर्वाचनमा जस्तै एमालेसंँग चुनावी समीकरण बन्न सक्ने भय छ । त्यसकारण उनले तीनै तहको चुनावमा एकैसाथ तालमेलको सहमति गर्न खोजेका छन् । तर, पार्टीभित्रकै फरक विचार समूहका कारण उनले चाहेजस्तो निर्णय गराउन सकेका छैनन् ।

कांग्रेसका एक मन्त्रीले चैत अन्तिम सातासम्ममा तालमेलका विषयमा पार्टीले निर्णय गर्ने र गठबन्धन दलबीच पनि समझदारी बन्ने दाबी गरे । ‘स्थानीय तहमा भागबण्डा नै गर्ने गरी तालमेल सम्भव छैन । केही स्थानमा केन्द्रले निर्णय गरे पनि अधिकांशमा स्थानीय आवश्यकताअनुसार तालमेलको निर्णय गर्ने नीति तय गर्छ,’ ती मन्त्रीले भने, ‘प्रदेश र संघमा भने प्रतिशतकै आधारमा तालमेल हुन सक्छ ।’

प्रधानमन्त्रीका विश्वास पात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले चुनावी तालमेल गरेर गठबन्धन अघि बढ्ने बताएका छन् । पार्टीले सञ्चालन गरेको चुनावी अभियानको सिलसिलामा बिहीबार रूपन्देहीमा खाँणले अप्ठ्यारो अवस्थामा बनेको गठबन्धनलाई कायमै राखेर अघि बढ्न कांग्रेस तल्लिन रहेको बताएका हुन ।

बालुवाटार बैठकमा नेताहरुबीच वैशाख ३० मा स्थानीय निर्वाचन नहुने हो कि भन्ने आशंका उठेको थियो । एमाले अध्यक्ष केपी ओली तयार भए प्रदेश र संघको निर्वाचन अघि र स्थानीय तहको पछि निर्वाचन गर्ने चर्चा चलिरहेका बेला माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए । ‘हामी तयारी अघि बढाइरहेका छौं तर बाहिर चुनाव नहुने हल्ला पनि चलिरहेको छ नि’ भनेर आफूले प्रश्न गर्दा प्रधानमन्त्रीले भोट हाल्ने दिनसम्म पनि यस्तो हल्ला भइरहने भन्दै ढुक्क हुन आग्रह गरेको दाहालले बताए । ‘चुनाव नहुने परिस्थिति कहीं, कतैबाट देखिएको छैन,’ उनले थपे ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago