टेलिकमको सेयरमूल्य बढेमा रु. २००० पुग्ला ? प्राविधिक र आधारभूत आधार

काठमाण्डौ । नेपाल टेलिकम देशको एकमात्र सरकारी लगानीमा चलेको प्रतिष्ठित दुरसञ्चार कम्पनी हो । यो कम्पनीलाई धितोपत्र बोर्डले अन्य समूहमा राखेको छ । यो कम्पनीमा नेपाल सरकारको ९१.४९ प्रतिशत र सर्बसाधारणतर्फ ८.५१ प्रतिशत सेयर रहेको छ ।

सर्बसाधारणतर्फ पनि मुख्य गरेर भाट्भटेनी सुपर मार्केटका सञ्चालक  मीनबहादुर गुरुङ, छोटेलाल रौनियार तथा अम्बिका पौडेल समूह मुख्य सेयर होल्डरको रुपमा रहेका छन् भने अन्य सर्बसाधारणको पनि यो कम्पनीप्रति निकै आकर्षण भएको पाइन्छ । आज हामीले यो कम्पनीको आधारभूत तथा प्राबिधिक रुपमा बिश्लेषण गर्ने प्रयास गरेको छौं ।

आधारभूत 
यो कम्पनीको कुल सेयर पुँजी १५ अर्ब रहेको छ । यो आर्थिक बर्षको दोस्रो त्रैमासअनुसार कम्पनीको रिजर्बमा ७ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ५१.९७ रुपैयाँ रहेको छ।  अघिल्लो बर्ष यही समयमा कम्पनीको प्रतिसेयर आम्दानी ४३.८६ रुपैयाँ मात्रै रहेको थियो । समीक्षा अबधिमा कम्पनीले ८.११ रुपैयाँ बराबर बढी आम्दानी गरेको देखिन्छ । हालको मूल्य आम्दानी अनुपात २६.७५६ गुणा  रहेको छ । कम्पनीको नेटवर्थ ६२३.८९ रुपियाँ रहेको छ भने प्रतिसेयर कुल सम्पत्ति १०३२.३५ रुपैयाँ रहेको छ । यो कम्पनीको प्राइस टु बुक भ्यालु २.७२ गुणा नै रहेको छ ।  कम्पनीको यो बर्षको  रिर्टन अन इक्वीटि ६० प्रतिशतभन्दा माथि हुने देखिन्छ  ।

विगत १० बर्षमा कम्पनीको  औसत लाभांशदर ४८ प्रतिशत रहेको छ । कम्पनीको यो त्रैमाससम्ममा खुद नाफा ३ अर्ब ९० करोड  रहेको छ । कम्पनीको आगामी व्यापारिक योजनामा दुुरदराजसम्म फोरजी बिस्तार तथा आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा दिने रहेको छ ।

प्राबिधिक पक्ष:

इलिअट वेभ सिद्धान्त:
यो वेभमा पाँच वेभ र नौ डिग्री हुन्छन् । त्यस्ता डिग्रीहरु साना ठूला गरेर  एकदिनदेखि एक सय बर्षसम्मको समय अबधिलाई प्रतिनिधित्व गर्छन् ।   इलिअट वेभमा मूल्य माथि जान पाँच फरक फरक वेभ हुन्छन भने तल जान तीन ३ वेभ हुन्छन् । माथि लाग्ने पाँच वेभमा पनि तीनवटा चडावका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ चढाबको हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सी मूल्य तल जाने संकेत हो ।

नेपाल टेलिकमको हालको मूल्यलाई एक चार्टमाफत नियाल्दा १२६० सम्म इन्टर मिडिएट डिग्रीको वेभ(१) बनेको देखिन्छ । त्यसैगरी वेभ(२) मा करेक्सन भएर ११०० रुपियाँसम्म आएको देखिन्छ । सोही डिग्रीमा वेभ(३) बनाउँदै यो कम्पनीको सेयरमूल्य  १६६० सम्म पुगेको  र पुनः वेभ (४) मा करेक्सन भएर १४७८ सम्म आएको देखिन्छ । हाल यो कम्पनीको  वेभ(५)  चल्दै गरेकोले सेयरमूल्य लगभग प्रतिकित्ता रु.२००० सम्म पुग्नसक्ने देखिन्छ । इन्टरमिडियट डिग्रीमा पनि स–साना माइनर तथा मिनेट डिग्री पनि बन्ने भएकोले सेयरको मूल्यमा घटबढ हुनसक्ने देखिन्छ ।

फिवोनासी सिद्धान्त 

फिवोनासी एक्सटेन्सनले  बढ्दा पनि कति कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ । यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ । ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन् ।  यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवा १५६५ मा, ०.३८ प्रतिशतको टेवा १४९५ मा, ०.५ प्रतिशतको टेवा १४३२ तथा ०.६१ प्रतिशतको टेवा १३८० रुपियाँसम्म हुनसक्नेछ ।

एमएसीडी लाइन

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार  मान्ने हो भने यही ६ जनवरी २०२२ मा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ। (हेर्नुस हरियो एरो ) जसले बुलिस  सिग्नल अहिलेसम्म पनि भ्यालिड नै रहेको देखिन्छ  र हिस्टोग्राम पोजेटिभ र लामा लामा भएका छन् । (हेर्नुस कालो एरो )यसले केही समय सेयरको मूल्य वृद्धि हुनसक्ने बुझिन्छ ।

बोलिङ्गर ब्याण्ड

यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो(बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन  हुन्छ र जब तल्लो रेखालाई छुन्छ, तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्य रेखाले माथिल्लो ब्याण्डलाई छोएर निरन्तर बढेको छ। मूल्य रेखा मध्यरेखा भन्दा माथि माथि नै कारोबार भएको छ । अन्तिम कारोबारमा हरियो मारुबुजु क्याण्डल बनेको छ  । यसले  सेयरको मूल्यमा उच्च माग आएको बुझिन्छ । अन्तिम कारोबारले हरियो लामो मारुबुजु बनाएकोले केही समय खरिदको सम्भावना अझै देखिन्छ । (हेर्नुस कालो एरो)

आरएसआइ

आरएसआइ: यो बिन्दुअन्र्तगत १४ दिनको मूल्यलाई आधार मानेर भबिष्यमा हुने मूल्य परिवर्तनको भबिष्यवाणी गरिन्छ । यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभरसोल्ड जोन र ७० भन्दा माथिलाई ओभरबट जोन छूट्टाइन्छ । यस कम्पनीको हालको आरएसआइ  ७१.८ रहेको छ ।  यो भनेको ओभरबट जोनमा कम्पनीको सेयरमूल्य रहेको छ भन्ने हो । बुलिस बजारमा कम्पनीको यस्तो आरएसआई लामो समयसम्म ओभरबट जोनमा रहन पनि सक्छ । अघिल्लोपल्ट यो न्यून  बिन्दु ४१ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो ।

निश्कर्ष: यो कम्पनीको आधारभूत पक्ष केलाउँदा खुद नाफा र प्रतिसेयर आम्दानीमा भएको बढोत्तरी देखिन्छ । प्राविधिक रुपमा केलाउँदा इलिअट वेभमा कम्पनीको सेयरमूल्यले बनाएको प्याट्रन तथा बोलिङ्गर ब्याण्डमा लामो समय मूल्यरेखा मध्यरेखा भन्दा माथि नै हुनु र  निरन्तर बनेका बुलिस मारुबुजु क्याण्डल बन्नु तथा एमएसीडी लाईनमा हिस्टोग्राम सकारात्मक तथा लामा लामा बनेको आधारमा हामीले यो कम्पनीको सेयर भाउले एउटा चक्र पूरा गर्न न्यूनतम रु.२००० सम्म पुग्नसक्ने बिश्लेषण गरेका हौं ।

(नोट: सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो । यो विश्लेषण कुनै कारोबारको सिफारिस भने होइन ।) यसको अर्थ सेयरबजारमा हामीले यही नै हुन्छ वा कुनै कम्पनीको मूल्य बढेर वा घटेर यति नै पुग्छ भनेर ठोकुवा गरेका हैनौ । 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago