देउवाद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

२०७८, ६ फाल्गुन शुक्रबार २१:२९

काठमाडौं: प्रधानमन्त्री शेरबाहदुर देउवाले आईसीसी पुरूष टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत् देउवाले ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन् । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

Comments

ताजा खबर