फाइल फोटो
काठमाडौं । आईसीसी पुरूष टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री शेरबाहदुर देउवाले बधाई दिएका छन् ।
ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले शुक्रबार सामाजिक सञ्जालमार्फत् नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन्।
ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो।यस जितसँगै नेपालको सेमिफाइनमा खेल्ने सम्भावना बलियो बनेको छ। सोही प्रतियोगिताअन्तर्गत नेपालले शनिबार फिलिपिन्ससँग खेल्नेछ। विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन्। जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन्।
ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ। समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। प्रतियोगिता फाइनल पुग्ने दुई शीर्ष टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने ‘टी२०’ विश्वकपमा स्थान बनाउने छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…