नागरिकता दुईवटा बनाएका युवक पक्राउ

पर्वत । नक्कली कागजात बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक युवालाई नियन्त्रणमा लिएको छ ।

फाइल फोटो

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पर्वतको कुश्मा नगरपालिका–११ पकुवामा बस्दै आएका आएका २५ वर्षीय आशिष केसीलाई पक्राउ गरिएको हो।

आरोपितले नेपाली नागरिकताको एउटा प्रमाणपत्र हुँदाहुँदै पनि नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र सङ्कलन गरी पुनः अर्को नागरिकता प्रमाणपत्र लिएको पाइएको इन्स्पेक्टर अधिकारीको भनाइ छ। उक्त दोस्रो नागरिकताको प्रमाणपत्र रद्द गर्ने प्रक्रियामा रहेको तथा प्राप्त नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रउपर छानबिन गरी आवश्यक कारबाहीका लागि पठाइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट प्रहरीमा गएको पत्र अनुसार शुक्रबार नै केसीलाई नियन्त्रणमा लिइएको हो। केसीका विरुद्ध लिखत सम्बन्धी कसुर ‘किर्ते गर्न नहुने’ मुद्दामा मुद्दा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालय पर्वतमार्फत पर्वत जिल्ला अदालतबाट पहिलोपटक चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago