गठबन्धनकै समर्थनमा एमसीसी अनुमोदन हुन्छ

काठमाडौं: सत्तारुढ गठबन्धनमा सहमति नजुट्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) शुक्रबार प्रतिनिधिसभा बैठकमा पेस हुन सकेन । सरकारले संसद बैठकमा पेस गर्ने तयारी गरे पनि गठबन्धनमा आवद्ध दलबीच सहमति जुट्न नसक्दा सरकार पछि हटेको छ ।

सरकारको नेतृत्व गरिरहेको गठबन्धनको प्रमुख दल कांग्रेस एमसीसी संसद बैठकमा पेस गर्ने पक्षमा भए पनि अन्य दलको साथ पाउन सकेको छैन।गठबन्धन जोगाउँदै एमसीसी पनि संसदमा पेस गर्ने तयारी कांग्रेसको छ । जस कारण कांग्रेसले गठबन्धन बैठकलाई निरन्तरता दिएको छ ।

कांग्रेस गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको कांग्रेस नेता अर्जुननरसिंह केसीले बताए । उनले गठबन्धनकै समर्थनमा एमसीसी सम्झौता प्रस्ताव अनुमोदन हुनुपर्ने र गठबन्धन पनि कायमै रहनुपर्ने बताए । ‘जुन प्रतिबद्धताको साथ चुनावसम्मै कायम रहनेगरी गठबन्धन बनेको हो, त्यो प्रतिबद्धता पूरा गर्नुपर्छ । जनतालाई धोका दिन पाइँदैन,’ नेता केसीले भने ।

गठबन्धनआवद्ध दलबीच सहमति नभए एमालेसँग कांग्रेसले सहकार्य गर्न सक्ने आशय उनको छ । एमालेसँग सहकार्य हुन सक्ने संकेत गर्दै नेता केसीले भने, ‘राजनीति परिर्वतन र सम्भावनाको खेल हो । अन्य दलसँग पनि सहकार्य नहोला भन्न सकिँदैन । तर, त्योभन्दा पहिला गठबन्धन एउटा निर्णयमा पुग्नुपर्छ ।’

गत मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठकले बुधबार बस्ने संसद बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको थियो । तर, गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस)ले साथ नदिँदा पुनर्विचारको लागि भन्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका थिए । त्यसपछि लगातार दुई दिन बसेको सत्तारुढ गठबन्धनको बैठकले निचोड निकाल्न सकेको छैन । गठबन्धनको बैठक फेरि आइतबार बस्दै छ।

एमसीसीको मुद्दा चरमोत्कर्षमा पुगेसँगै राजनीति गिजोलिएको छ । राजनीतिक विश्लेषकहरुले सत्ता गठबन्धन फुट्नेदेखि सरकार ढल्नेसम्मको भविष्यवाणी गर्न थालेका छन् । तर, गठबन्धन विघटन र सरकार ढले पनि कांग्रेसले एमसीसी सदनमा पेस गर्न डराउन नहुने राजनीतिक विश्लेषक लोकराज बराल सुझाव दिन्छन् ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago