काठमाडौं: बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् ।उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्ने बताइएको छ ।
उनले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन् । त्यस क्रममा उनले पोलियो उन्मुलनका विषयमा कुराकानी गरेकाे बताइएको छ ।पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुका बीचमा भएको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा पोलियो उन्मूलनका लागि बिल एण्ड मेलिण्डा फाउण्डेशले गर्दै आएको निरन्तर सहयोगको प्रसंशा गरेकाे जनाइएको छ ।
सो फाउण्डेशनले विगत लामो समयदेखि नै पाकिस्तानमा पोलियो रोगको उन्मूलनका क्षेत्रमा काम गर्दै आएको छ । एजेन्सी
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…