राजनीतिक र नैतिक संकटमा प्रचण्ड र माधव नेपाल

काठमाडौं । संसदीय राजनीतिमा आएको १५ वर्षपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला राजनीतिक संकटमा परेका छन् । त्यसैगरी सधै शक्तिको केन्द्रमा रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि पार्टी विभाजन गरेपछि राजनीतिक जीवनमा संकट भोगिरहेका छन् ।

फाइल फोटो

कांग्रेसलाई सत्तामा पुर्याएपछि आगामी संसदीय दलको निर्वाचसम्म गठबन्धन बलियो बनाएर लैजाने र संसदीय निर्वाचनमा भाग लिने अपेक्षासहित सरकारमा सहभागी भएका यी दुई नेतालाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले दुवैलाई राजनीतिक संकटमा डोहोर्याएको हो । 

प्रचण्डको साथमा लागेर माधव नेपालले एमसीसीको विरोध गर्नु र प्रचण्डले एमसीसी मूख्यालयलाई पत्र लेख्नु दुवैका लागि घातक देखिए । पाँच दलीय गठबन्धन बनाएर सरकारमा गएको माओवादीले अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय सम्हाल्दै आएको छ । त्यस्तै माधव नेपालको पार्टीले पनि स्वास्थ्य, पर्यटन जस्ता महत्वपूर्ण मन्त्रालय सम्हाल्दै आएको छ ।

उनीहरु दुवैको चाहना सरकारमै बसेर गठबन्धनकै आडमा चुनाव लड्ने रहेको छ । एमालेलाई हराउने र कांग्रेससँग मिलेर आफ्नो पार्टीको पनि हैसियत बचाउने उदेश्य राखे पनि यसपटक त्यति सान्दर्भिक हुने देखिएन । आइतबारदेखि बुधबार र बिहीबारसम्मका घट्नाक्रममले माओवादीले दिएको धोकालाई कांग्रेसले गम्भीर रुपमा लिएको छ । जसका कारण पाँच दलीय गठबन्धनभित्र खटपट उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे । 

बिहीबार राति प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । साँझ साढे दुई घण्टा चलेको गठबन्धन बैठकमा कम्युनिष्ट घटकका नेताहरुले एमसीसीलाई संसदमा पेश गर्न नमानेपछि उनी ओलीलाई फकाउन बालकोट पुगेपछि प्रचण्ड र माधव नेपालवीच टेलिफोन संवाद भएको थियो ।

सो संवादको क्रममा गठबन्धनलाई बचाउने उपायको बारेमा छलफल भए पनि निचोड भने निकालिएको छैन । गठबन्धनबाट बाहिर निस्कन नचाहने तर सरकारले पेश गर्ने प्रस्तावमा सहयोग पनि नगर्ने भएपछि कांग्रेसले प्रधानमन्त्रीलाई गठबन्धन टुटे पनि एमसीसी पेश गर्न अधिकार दिइसकेको छ ।

जसले गर्दा प्रचण्ड र माधव नेपाललाई निकै असजिलो महसुस भएको थियो । बिहीबार प्रधानमन्त्री देउवाले पार्टीको निर्णयबाट पछि हट्न सक्ने अवस्था छैन भन्दै सहयात्री दललाई एमसीसी टेबुल गर्न आग्रह गरे पनि साथ पाउन नसकेपछि ओलीको साथ खोज्दै बालकोट पुग्दा प्रचण्ड र माधव नेपाल निकै सशंकित बनेका छन् । बालकोटमा देउवाले ओलीलाई संसद खोल्न आग्रह गरेका थिए । प्रचण्ड र माधव नेपालले एमसीसीलाई संशोधन नगरी संसदमा पेश गर्न नसकिने भन्दै पन्छिन खोजेपछि कांग्रेसका नेताहरुले एमालेका नेताहरुसँग भेटघाट थालेका थिए ।

सत्तागठबन्धनभित्र एमसीसी अनुमोदनको विषयलाई लिएर पटकपटक वार्ता–संवाद हुँदै गर्दा कांग्रेसका नेताहरुले एमालेसँग पनि संवाद गरिरहेका थिए । प्रधानमन्त्री देउवा पुग्नुअघि बिहीबार बिहान कांग्रेस नेता डा. मिनेन्द्र रिजाल ओलीलाई भेट्न पुगेका थिए । ओलीले बेलुका हुने गठबन्धनको बैठकपछि मात्रै एमालेले धारणा बनाउने र प्रधानमन्त्रीलाई पनि भेट्न सकिने जनाउ दिएका थिए । सोही अनुसार देउवाले ओलीसँग संवाद गरेका हुन् ।

माओवादी र एकीकृत समाजवादीले गत शनिबार कांगेससँग गरेको सहमतिलाई भंग गरी एमसीसीको विपक्षमा उभिएपछि कांग्रेसका नेताहरुले एमालेसँग सम्पर्क बढाएका हुन् । त्यसअघि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग पटक पटक भेटघाट गरेका थिए । सञ्चारमन्त्री कार्कीले ओलीसँग टेलिफोनमा पनि कुराकानी गरिरहेका थिए ।

माओवादी केन्द्रले प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध महाभियोग दर्ता गर्ने र त्यसको बदलामा एमसीसी टेबुल गर्ने सहमति गरेको थियो । प्रधानन्यायधीशलाई महाभियोग लगाएपछि बसेको सर्वदलीय बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबुल गर्न दिने संकेत गरेका थिए । तर माओवादीले सहमति उल्लंघन गरेपछि कांग्रेस नेताहरुले एमालेको साथ खोजेका छन् । माओवादीका कारण बुधबार एमसीसी टेबुल नभएपछि कांग्रेस नेताहरुले सत्ताभित्र माओवादीहरुले धोका दिएको  भन्दै आलोचना गरेका छन् ।

कांग्रेसका नेताहरुले प्रचण्ड र माधव नेपालले धोका दिएको भन्दै आलोचना गरेपछि भने गठबन्धन भए पनि कांग्रेसका कार्यकर्ताहरुले भोट माग्ने र भोट हाल्ने कुरामा शंका भएको प्रचण्ड र माधव नेपालको बुझाइ छ । पछिल्लो समय माओवादीहरुले कांग्रेसलाई सधै धोका दिँदै आएको र अहिले पनि धोका दिनसक्ने भएकाले कांग्रेसहरु माओवादीसँग त्यतिधेरै विश्वास गर्न सकिरहेका छैनन् ।

त्यस्तो बेला सरकारमै बसेर एमसीसी टेबुल गर्न नदिने प्रपञ्च भएपछि भने माओवादी र सभामुखप्रति कांग्रेसका केन्द्रीय सदस्यहरुले समेत आक्रोश पोख्न थालिसकेका छन् ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago