सहमतिबिनै सकियो गठबन्धनको बैठक

काठमाडौं अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा आज पनि सत्तारूढ गठबन्धनको बैठकमा सहमति जुट्न सकेन।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा एमसीसी सम्झौताका विषयमा सहमति हुन नसकेको जनाएको छ।

फाइल फोटो

यस विषयमा सहमति जुटाउन ८ फागुनमा फेरि गठबन्धनको बैठक बस्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी स्वकीय सचिव गंगा दाहालले जनाएकी छन्। “गठबन्धनका शीर्ष नेताको अर्को बैठक पर्सि ८ गते पुनः बस्ने गरी सकिएको छ,” दाहालले भनेकी छन्।

एमसीसी सम्झौताका विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बसेको थियो। यसअघि माओवादी अध्यक्ष दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच खुमलटारमा छलफल भएको थियो।

शुक्रबार साँझ बसेको बैठकमा सहमति हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए। शुक्रबार राति १० बजेसम्म एक घटना भएको भेटवार्तामा एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा छलफल भएको थियो।

एमसीसी सम्झौतालाई लिएर सत्तारूढ पाँच दलीय गठबन्धनमा विवाद उत्पन्न भएको छ। नेपाली कांग्रेस संसदीय दलले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने माओवादी संसदीय दलले यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। यस विषयमा निर्णय गर्न एकीकृत समाजवादीले शनिबार स्थायी समिति बैठक बोलाएको छ।

कांग्रेससँगै जनता समाजवादी पार्टी (जसपा) एमसीसीको पक्षमा उभिएको छ भने माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा यसको विपक्षमा उभिएका छन्। नेकपा (एमाले) ले भने यस विषयमा कुनै निर्णय गर्न सकेको छैन। एमाले संसदीय दलको बैठकले एमसीसी सम्झौताबारे निर्णय गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिएको छ।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago