सहमतिबिनै सकियो गठबन्धनको बैठक

काठमाडौं अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा आज पनि सत्तारूढ गठबन्धनको बैठकमा सहमति जुट्न सकेन।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा एमसीसी सम्झौताका विषयमा सहमति हुन नसकेको जनाएको छ।

फाइल फोटो

यस विषयमा सहमति जुटाउन ८ फागुनमा फेरि गठबन्धनको बैठक बस्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी स्वकीय सचिव गंगा दाहालले जनाएकी छन्। “गठबन्धनका शीर्ष नेताको अर्को बैठक पर्सि ८ गते पुनः बस्ने गरी सकिएको छ,” दाहालले भनेकी छन्।

एमसीसी सम्झौताका विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बसेको थियो। यसअघि माओवादी अध्यक्ष दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच खुमलटारमा छलफल भएको थियो।

शुक्रबार साँझ बसेको बैठकमा सहमति हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए। शुक्रबार राति १० बजेसम्म एक घटना भएको भेटवार्तामा एमसीसी सम्झौता संसद्बाट पारित गर्ने विषयमा छलफल भएको थियो।

एमसीसी सम्झौतालाई लिएर सत्तारूढ पाँच दलीय गठबन्धनमा विवाद उत्पन्न भएको छ। नेपाली कांग्रेस संसदीय दलले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने माओवादी संसदीय दलले यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। यस विषयमा निर्णय गर्न एकीकृत समाजवादीले शनिबार स्थायी समिति बैठक बोलाएको छ।

कांग्रेससँगै जनता समाजवादी पार्टी (जसपा) एमसीसीको पक्षमा उभिएको छ भने माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा यसको विपक्षमा उभिएका छन्। नेकपा (एमाले) ले भने यस विषयमा कुनै निर्णय गर्न सकेको छैन। एमाले संसदीय दलको बैठकले एमसीसी सम्झौताबारे निर्णय गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago