टोकियो । जापानमा तीन वर्षको अन्तरालमा अन्तरराष्ट्रिय क्रुज जहाज पुनःसञ्चालनमा आएको छ । कोरोना भाइरसको महामारी शुरु भएपछि ठप्प पारिएको अन्तरराष्ट्रिय क्रुज जहाज सेवा बिहिबारदेखि सुचार गरिएको हो । मिचुई ओ.एस.के. प्यासेञ्जर लाइन्स लिमिटेडले योकोहामा बन्दरबाहबाट हिन्द महासागरतर्फ जहाजको यात्रा शुरु गरेको छ ।
सन् २०२० को फेब्रुअरीमा योकोहामामा संक्रमित बोकेर डाइमन्ड प्रिन्सेस क्रुज जहाज पार्क गरिएपछि पर्यटन मन्त्रालयले अन्तरराष्ट्रिय क्रुज जहाजमाथि प्रतिबन्ध लगाएको थियो ।
जहाजमा क्रु मेम्बर र यात्रीहरु समेत गरेर ७०० भन्दा धेरै जना संक्रमित थिए भने १३ जनाको मृत्यु भएको थियो ।
आफूले यात्रीहरुले सवार हुनु अघि पीसीआर परीक्षण गर्नुपर्ने समेत कोरोना भाइरसको संक्रमण नियन्त्रणका कयौं उपायहरु अपनाएको निप्पोन मारुको सञ्चालकले बताएको छ । यात्राको क्रममा मरिसस र माडागास्कारमा रोकिने सो जहाज जनवरी ३१ मा योकोहामामा फर्किनेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…