काठमाडौँमा अब मेट्रोको विकल्प छँदै छैनः चिरिबाबु महर्जन

काठमाडौँ – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका छन्।

शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा बोल्दै उनले काठमाडौँ उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका हुन्।

उनले मेट्रो रेल धेरै महँगो छ भनेर पछि हट्नु नहुने बताए। अब पनि मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुभन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने उनको भनाइ छ।

उनले मेट्रो रेलको विकल्प मोटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उपत्यकामा मेट्रोको विकल्प नै रहेको बताए। मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययनअनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै विलम्व नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने बताए।

उनले मेट्रो रेलको लागि सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै काठमाडौँ र ललितपुर महानगरपालिकालगायत काठमाडौँ उपत्यकाका १८ वटा पालिकाको राम्रो भूमिका यसमा हुनुपर्ने बताए। विशेषगरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले प्रमुख भूमिका खेल्नुपर्ने बताए।

उनले भने, ‘काठमाडौँ उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन। मेट्रो चलाउनै पर्छ। आज निर्णय गर्न सक्यौँ भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ। मेट्रो ज्यादै महँगो छ रे भन्ने सुन्ने गरेको छु। सस्तो के त? सस्तो पनि त हुनुपर्छ। अबको १५ वर्षपछि काठमाडौँ उपत्यकाभित्रको जनसंख्या ६० लाख पुग्छ। यसको विकल्प के त? यही मोटरसाइकल ल्याउने? तसर्थ यो विकल्प किमार्थ हुन सक्दैन। यसको निमित्त हामीले मेट्रो नल्याइकन सुखै छैन। महँगो भयो भनेर वास्तै नगर्ने? यो हुँदैन। कुनैपनि योजना बनाएर भएपनि मेट्रो ल्याउनैपर्छ।’

मेयर महर्जनले थपे, ‘अन्तर्राष्ट्रिय अध्ययनअनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य छ। विलम्व नगरी यो काम अघि बढाऔँ। यसको लागि नेपाल सरकारको अनुहार हेरेर बस्ने हो भने केही पनि हुँदैन।

त्यसको लागि काठमाडौँ र ललितपुर महानगरपालिकालगायत काठमाडौँ उपत्यकाका १८ वटा पालिकाको राम्रो भूमिका खेल्नुपर्छ। त्यसमा काठमाडौँ महानगरपालिका प्रमुख हो। यमसा अघि बढौँ।’

मेयर महर्जनले आफ्नो दोस्रो कार्यककालमा अझै बढी काम गरेर देखाउने दाबी गरे।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago