राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले खुवाउनेछन् नयाँ सांसदलाई शपथ

काठमाडौँ– मंसिर ४ मा भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शपथ खुवाउने भएका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका १६५ र समानुपातिकबाट चुनिएका ११० सांसदहरुमा प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य केसीले सपथ खुवाउने भएका हुन्।

विक्रम संवत १९९८ माघ २० गते जन्मिएका केसी ८० बष पुरा भएका छन्। प्रतिनिधिसभाका अर्का सदस्य महिन्द्र राय यादवको नागरिकता अनुसार उनि ८५ बर्षका भएपनि उनले सपथ नखुवाउने भएका छन्। रायको नागरिकता अनुसार उनको जम्ममिति विक्रम संवत १९९४ बैशाख २४ गते छ।

उनि अहिले ८५ बर्ष पुगेका छन् तर नागरिकतामा भएको मिति भन्दा आफु ५ बर्ष कान्छो भएको भन्दै उनले सपथ नखुवाउने भएका हुन्।

केसी भन्दा केहि दिन र बर्षले मात्रै कान्छा सांसदहरुमा पशुपति शमशेर जवरा र महन्थ ठाकुर पनि छन्। जबरा विक्रम संवत १९९९ बैशाख २५ गते जन्मिएका हुन् उनि पनि ८० बर्षका छन्।

१९९९ बैशाख २४ गते जन्मिएका महन्थ ठाकुर पनि ८० बर्षका नै छन्। यसअघिको प्रतिनिधि सभामा महन्थ ठाकुरले निर्वाचित सदस्यहरुलाई सपथ खुवाएका थिए । उनी १९९९ साल २४ वैशाखमा जन्मिएका हुन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago