धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ : पूरानै प्रतिस्पर्धी, नयाँ पार्टी

जनकपुरधाम- धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा चार पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि १६ जना चुनावी प्रतिस्पर्धामा छन्।

यद्यपि मुख्य प्रतिस्पर्धा ४ जनामा हुने देखिएको छ। चारमध्ये ३ जना पूर्वमन्त्री हुन् भने चुनावको मुखमा तीन जनाले पार्टी फेरेर उम्मेदवार बनेका हुन्।

देशभर प्रमुख राजनीतिक दलहरू गठबन्धन बनाएर चुनावमा होमिएको भएता पनि धनुषा-२ मा गठबन्धनको प्रभाव देखिएको छैन।

जनता समाजवादी पार्टीबाट गंगाराम यादव, नेकपा एमालेबाट उमाशंकर अरगरिया, नेपाली कांग्रेसबाट रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादी पार्टीबाट रामचन्द्र झा उम्मेदवार हुन्। गंगाराम बाहेक तीनैजना पूर्वमन्त्री हुन्।

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित अरगरिया लोकतान्त्रिक समाजवादी पार्टीमा थिए। निर्वाचन नजिकिएपछि उनी एमालेमै प्रवेश गरेर यस पटक उम्मेदवार बने।

अरगरियाले पहिलो कार्यकालमा आफूले इमान्दारिताका साथ लडाइँ लडेकोकाले यस पटक पनि निर्वाचित हुने दावी गरे।

उनले घरदैलोको क्रममा मतदाताहरूले एमालेलाई नै मत दिने प्रतिवद्धता जनाएको बताए। यसैगरी उनले बजेट कम नआउने गरेकाले त्यसलाई सदुपयोग गर्नु पनि आफ्नो एजेण्डा रहेको बताए। अरगरिया पूर्वमन्त्री पनि हुन्। २०७४ को निर्वाचनमा अरगरिया संघीय समाजवादी फोरमबाट उम्मेदवार बन्दै ३२ हजार ४४ मत ल्याएर निर्वाचित भएका थिए।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेको रामचन्द्र झाले आफूले यस क्षेत्रमा धेरै विकास निर्माणका काम गरेकाले जनताले आफूलाई नै मत दिनेमा आशावादी छन्।

उनले पूर्वकार्यकालमा पूरा हुन नसकेको योजनाहरू पूरा गर्न पनि यसपालि जित्ने बताए। उनले आफ्नै पालामा यस क्षेत्रमा पुल, सडक निर्माण भएको दावी गरे। उनले कमला पुल अधुरो रहेको, बहुउद्धेश्य कृषि परियोजनाको काम पनि सुरु हुन नसकेको भन्दै अन्य काम पनि गर्ने बताए।

झा २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। उनले १८ हजार ७१५ मत ल्याउँदै अरगरियाको निकटतम प्रतिद्वन्द्वी बनेका थिए। २०७४ को निर्वाचनमा तेस्रो स्थान प्राप्त गरेका नेपाली कांग्रेसका नेता रामकृष्ण यादव यस पटक पनि कांग्रेसबाटै उम्मेदवार बनेका छन्।

उनले संघीय लोकतन्त्रान्त्रिक गणतन्त्रात्मक संविधानको संरक्षण र सम्वर्धन, संघीयतालाई बलियो बनाउन, मधेसको मुद्दा समस्या समाधानका लागि, नागरिकताको समस्या र क्षेत्रमा रहेको भौतिक पूर्वाधारको आवश्यकता रहेकाले त्यसका लागि उम्मेदवारी रहेको बताए।

उनले पनि आफूलाई जनताले विश्वास गरेकाले जित्ने दावी गर्दै आएका छन्।

यस्तै, जसपाबाट गंगाराम उम्मेदवार बनेका छन्। केही महिना अघिसम्म नेकपा एमालेमा रहेका यादव अरगरिया एमाले प्रवेश गरेपछि पार्टी परित्याग गर्दै जसपामा प्रवेश गरेका हुन्। जनताले धेरै आशा र अपेक्षा राखेर गत निर्वाचनमा उम्मेदवारलाई जिताए पनि उनले राम्रो काम नगरेको भन्दै जनताले आफूलाई नै जिताउने गंगारामकाे विश्वास छ।

धनुषा निर्वाचन क्षेत्र नं. २ मा विभिन्न ७ वटा स्थानीय तहको ४४ वटा वडा रहेका छन्। यस क्षेत्रमा सहिदनगर नगरपालिकाका ९ वडा, औरही गाउँपालिकाका ६ वडा, कमला नगरपालिकाका ९ वडा, जनकनन्दिनी गाउँपालिकाका ६ वडा, हंसपुर नगरपालिकाका ४ वटा वडा, विदेह नगरपालिकाका ८ वटा वडा र जनकपुरधाम उपमहानगरपालिकाका २ वटा वडा रहेका छन्।

धनुषा २ मा १ लाख २४ हजार ७५५ जना मतदाता रहेका छन् भने १६५ वटा मतदानकेन्द्र निर्धारण गरिएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago