धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ : पूरानै प्रतिस्पर्धी, नयाँ पार्टी

जनकपुरधाम- धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा चार पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि १६ जना चुनावी प्रतिस्पर्धामा छन्।

यद्यपि मुख्य प्रतिस्पर्धा ४ जनामा हुने देखिएको छ। चारमध्ये ३ जना पूर्वमन्त्री हुन् भने चुनावको मुखमा तीन जनाले पार्टी फेरेर उम्मेदवार बनेका हुन्।

देशभर प्रमुख राजनीतिक दलहरू गठबन्धन बनाएर चुनावमा होमिएको भएता पनि धनुषा-२ मा गठबन्धनको प्रभाव देखिएको छैन।

जनता समाजवादी पार्टीबाट गंगाराम यादव, नेकपा एमालेबाट उमाशंकर अरगरिया, नेपाली कांग्रेसबाट रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादी पार्टीबाट रामचन्द्र झा उम्मेदवार हुन्। गंगाराम बाहेक तीनैजना पूर्वमन्त्री हुन्।

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित अरगरिया लोकतान्त्रिक समाजवादी पार्टीमा थिए। निर्वाचन नजिकिएपछि उनी एमालेमै प्रवेश गरेर यस पटक उम्मेदवार बने।

अरगरियाले पहिलो कार्यकालमा आफूले इमान्दारिताका साथ लडाइँ लडेकोकाले यस पटक पनि निर्वाचित हुने दावी गरे।

उनले घरदैलोको क्रममा मतदाताहरूले एमालेलाई नै मत दिने प्रतिवद्धता जनाएको बताए। यसैगरी उनले बजेट कम नआउने गरेकाले त्यसलाई सदुपयोग गर्नु पनि आफ्नो एजेण्डा रहेको बताए। अरगरिया पूर्वमन्त्री पनि हुन्। २०७४ को निर्वाचनमा अरगरिया संघीय समाजवादी फोरमबाट उम्मेदवार बन्दै ३२ हजार ४४ मत ल्याएर निर्वाचित भएका थिए।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेको रामचन्द्र झाले आफूले यस क्षेत्रमा धेरै विकास निर्माणका काम गरेकाले जनताले आफूलाई नै मत दिनेमा आशावादी छन्।

उनले पूर्वकार्यकालमा पूरा हुन नसकेको योजनाहरू पूरा गर्न पनि यसपालि जित्ने बताए। उनले आफ्नै पालामा यस क्षेत्रमा पुल, सडक निर्माण भएको दावी गरे। उनले कमला पुल अधुरो रहेको, बहुउद्धेश्य कृषि परियोजनाको काम पनि सुरु हुन नसकेको भन्दै अन्य काम पनि गर्ने बताए।

झा २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। उनले १८ हजार ७१५ मत ल्याउँदै अरगरियाको निकटतम प्रतिद्वन्द्वी बनेका थिए। २०७४ को निर्वाचनमा तेस्रो स्थान प्राप्त गरेका नेपाली कांग्रेसका नेता रामकृष्ण यादव यस पटक पनि कांग्रेसबाटै उम्मेदवार बनेका छन्।

उनले संघीय लोकतन्त्रान्त्रिक गणतन्त्रात्मक संविधानको संरक्षण र सम्वर्धन, संघीयतालाई बलियो बनाउन, मधेसको मुद्दा समस्या समाधानका लागि, नागरिकताको समस्या र क्षेत्रमा रहेको भौतिक पूर्वाधारको आवश्यकता रहेकाले त्यसका लागि उम्मेदवारी रहेको बताए।

उनले पनि आफूलाई जनताले विश्वास गरेकाले जित्ने दावी गर्दै आएका छन्।

यस्तै, जसपाबाट गंगाराम उम्मेदवार बनेका छन्। केही महिना अघिसम्म नेकपा एमालेमा रहेका यादव अरगरिया एमाले प्रवेश गरेपछि पार्टी परित्याग गर्दै जसपामा प्रवेश गरेका हुन्। जनताले धेरै आशा र अपेक्षा राखेर गत निर्वाचनमा उम्मेदवारलाई जिताए पनि उनले राम्रो काम नगरेको भन्दै जनताले आफूलाई नै जिताउने गंगारामकाे विश्वास छ।

धनुषा निर्वाचन क्षेत्र नं. २ मा विभिन्न ७ वटा स्थानीय तहको ४४ वटा वडा रहेका छन्। यस क्षेत्रमा सहिदनगर नगरपालिकाका ९ वडा, औरही गाउँपालिकाका ६ वडा, कमला नगरपालिकाका ९ वडा, जनकनन्दिनी गाउँपालिकाका ६ वडा, हंसपुर नगरपालिकाका ४ वटा वडा, विदेह नगरपालिकाका ८ वटा वडा र जनकपुरधाम उपमहानगरपालिकाका २ वटा वडा रहेका छन्।

धनुषा २ मा १ लाख २४ हजार ७५५ जना मतदाता रहेका छन् भने १६५ वटा मतदानकेन्द्र निर्धारण गरिएको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago